मंगलबार , बैसाख २९, २०८३

उच्च अध्यनको  सिलसिलामा नेपालका विद्यार्थीहरु घर छोडेर बाहिर शिक्षा लिन जाने चलन अहिले नेपालको लागि सामान्य भइसकेको छ। आहिलेको परिप्रेक्षमा हेर्ने हो भने विदेश पढ्नका लागि नगएको घर बिरलै हुन थाली सक्यो भन्दा अन्यथा नहोला ।  यसरी पढ्न आउने नेपाली समुदाय सबै युवा हुने गर्दछन। विदेशमा रहने युवा कै कुरा गर्दा लामो समय देखि बिदेशमा बसोबास गर्ने नेपाली भाषीको सन्तान को रुपमा रहेका युवा जसलाई हामी दोस्रो पुस्ता पनि भन्ने गर्दछौ, उनीहरुको प्रगतिको लागि र नेपाली समुदायमा उचित स्थान र सहभागिता गराउन बिदेशमा स्थापित संघ सस्थाको खासै ठुलो भूमिका देख्न सकिएको छैन।

यही कुरालाई मध्य नजर गर्दै आउदै गरेको गैर आबासीय नेपाली संघ अस्ट्रेलियाको चुनाव मा युवा संयोजक यानी Youth Coordinator को पदलाइ महत्वपूर्ण तरिकाले हेरिएको छ।  यही जुलाई ३१ तारिखमा अस्ट्रेलियामा NRNA को चुनाव हुन गैरहेको सन्दर्भमा आज हामी अस्ट्रेलियाको उत्तरी भाग नर्दन टेरोटरीमा केन्द्रित हुदै छौ।  NT मा चुनावी माहोल निकै तातेको छ, हरेक पदको लागि दुइ छुटा-छुटै प्यानलले आफ्नो उमेदवारी दिईसकेका छन् जसमा आशिष भुसाल र बिष्णु चापागाईले स्टेट कोडीनेटर को पदको उमेदवारी सहित आफ्नो आफ्नो प्यानल खडा गरेका छन्।

नर्दन टेरोटरीको NRNA चुनावमा Youth Coordinator का उमेदवार दोय सृजन कार्की (बाबा हन्टर) र राज सापकोटा आमने सामने छन्।  दुवै युवाका लागि नयाँ र पुस्ता सुहाउदो योजना लियर समुदाय माझ आएको जानकारी दिन्छन।  दुबै जना आफ्नो कार्य योजना आहिलेको युवालाई सहयोगी हुने खालका छन् भनेर बिस्वाश दिलाउछन्।

सृजन कार्की डार्विनमा बाबा हन्टर को नामले परिचित छन्। Music  Video को निर्देशन समेत गरेका उनि, छोटो समयमा पनि समुदायको लागि निकै धेरै काम गर्ने युवामा पर्छन। खेलकुदको क्षेत्रमा पनि बिशेष योगदान दिदै आएका छन्। लन टेनिसको आयोजना गराई सकेका बाबा ठमेल नाइट्स नामक सांगीतिक कार्यक्रमका संचालक पनि हुन्।  उनि भन्छन, हप्ता, महिना  भरि काम गरेर थाकेका युवा केहि समयको लागि भयपनि रमाइलो गर्न चाहन्छन। परेदेशमा काम को थकाई, मानसिक तनाव कम गर्ने नेपाली गित – संगीत सहितको सांगीतिक साझ यहाँ बस्ने थुप्रै नेपालीको लागि आफ्नो थकान र तनाव भुलाउने चौतारी बनेको छ। यो कार्यक्रमलाइ ब्यापारिक तवरले हेर्ने गरेपनि नेपाली युवा भेला हुने, नेपाली संगीतमा रमाउने कार्यक्रमको रुपमा लिनु पर्नेमा उनि जोड दिन्छन्। नेपाली युवाको साथ र मायाकै कारण ठमेल नाइट्स ६ सम्म सफलताका साथ पुग्न सफल भएको छ।

अहिलेको चुनावमा युवा संयोजकको पदमा दियको उमेदवारीको सन्दर्भमा उनि भन्छन, “समुदायको लागि काम गर्दै आएको म हरेक परिस्थितिमा समुदाय र युवाको लागि केहि गर्ने छु र युवाको स्तर उन्नतिको लागि नया कार्यक्रम बनाउने, एउटा टिम गठन गरि अप्ठयारोमा परेकालाइ सहयोग गर्ने, नेपाल बाट पढ्नको लागि आउने नेपालीलाइ पहिलेनै यहाको बस्तु स्थितिको बारे सजग गराउने, काम खोज्न सजिलोको लागि रेजुमी बनाउन सहयोग गर्ने, Tax File Number कसरी बनाउने, कुन बैंक मा खाता खोल्ने जस्ता सानो भन्दा सानो कुराको जानकारीको लागि एउटा बुकलेट छाप्ने र विदेश आउने प्रत्येक नेपाली विद्यार्थीलाई  यहाको समुदाय संग नजिक गराउने, युवाको हितको लागि हर सम्भव काम गर्ने उनको योजना छ। समुदायमा काम गर्न को लागि लामो समय त्यही ठाउमा बसेको हुन नपर्ने, सक्नेले पहिलो दिन बाटनै समुदायको लागि केहि गर्छु भनेर लागे पक्कै परिवर्तन सम्भव छ भन्छन बाबा हन्टर।

 

बिगत ५ वर्ष देखि डार्विनमा बसोबास गर्दै आयका चिर परिचित नाम हो राज सापकोटा।  समुदायको पहलमा हुने हरेक कार्यक्रममा स्वयम सेवकको रुमपा देखिने आनुहार जो कुनै स्वार्थ बिना समुदायलाई हर सम्भव सहयोग गर्दै आएका छन् । समुदायको कुनै पनि कार्यक्रममा स्वयम सेवकको रुपमा उनको उपस्थिति देख्न सकिन्छ। समुदायले हामीलाई के दियो भन्दा पनि समुदायलाइ हामीले के दियौ भन्ने प्रश्न आफुले आफुलाई सोध्न पर्ने उनको भनाइ छ।  कुनै पनि सस्था आफैमा सहि र गलत हुदैन, सहि र गलत हुन्छ त त्यो सस्थाको जिम्बेवारी समाल्ने मान्छे, यो सबै प्रश्नको उत्तरको लागि पनि आफुले उमेदवारी दिएको उनि भन्छन्। नेपाली भाषानै प्रयोगमा ल्याउन छोडिसकेका यहाका दोस्रो पुस्तालाई  नेपाली भाषा सस्कृती बारे जानकारी दिदै समुदायमा यी युवाको सक्रियता बढाउन पहल गर्ने, समुदायमा खेलकुदलाइ माथि उकाशेर नेपाली समुदायका युवा जो खेललाइ माया गर्छन उनीलाई उचित तालिम दिइ नेपाली समुदायको शिर उच्च राख्न मदत गर्ने।  युवालाई कुलतमा लाग्न नदिन सचेतनामुलक सेमिनारको आयोजना क्रमिक रुपमा गर्ने, नेपालबाट अस्ट्रेलिया आउन लागेका विद्यार्थी र तिनका अभिभावकलाइ यहाँ अपनाउन पर्ने सावधानी र संघर्षका कुरा नेपालमै गइ  जानकारी गराउने अजेण्डा बोकेर चुनावमा होमिएको जानकारी दिन्छन उनि। मैदानमा उत्री सकेपछि हर जितलाइ स्वाभाविक मान्ने राजको तर्क छ।  जित जसको पक्षमा आए पनि आफु युवा र समुदायकोलागि गर्नु पर्ने काम मा सधै हातेमालो गर्दै आगाडी बढ्ने र सबैलाई मिलाएर लैजान पर्नेमा जोड दिन्छन राज सापकोटा।

युवाको हक हितको अजेण्डा बोकेर हिडेका यी दुइ मध्य कसलाई भोट दिने भन्ने कुराको निर्णय NT मा बसोबास गर्ने नेपाली समुदायले गर्ने नै छन्।  जसलाई भोट गरे पनि हाम्रोलाइ भन्दा राम्रोलाइ भोट दिई आफ्नो भोट गर्न पाउने अधिकारलाई खेर जान नदिन पुराखबर परिवार आग्रह गर्दछ। साथै नया नेतृत्व चुन्ने अधिकार मात्र मतदातामा निहित हुने हुदा आफ्नो मतको गलत प्रयोग हुन नदिनलाइ आफ्नो सदस्यताको आइडी पासवोर्ड आफु संगै राख्ने, सदस्यता बन्दा आफ्नो फोन नम्बरको प्रयोग गर्ने। लग इन गर्दा आउने कोड कसैलाई नदिने गर्नु पर्दछ।  आहिले अनलाइनबाट हुन् लागेको चुनाव पूर्ण रुपले गोप्य हुने हुदा, कसैले, कसलाई भोट हालेको हामीलाई थाहा हुन्छ भनेर भने, त्यो गलत हो र त्यस्तो भन्नेलाइ  पहिचान गरि NRNA अस्ट्रेलिया को आधिकारिक ब्यक्तिलाइ जानकारी गराउने।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP