शुक्रबार , बैसाख ५, २०८२

यो वर्ष  गत वर्षहरुको तुलनामा अधिक वर्षा भइको छ। मनसुन सुरू भएको दुई महिनामै औसतभन्दा ३२.३ प्रतिशत बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ।

विभागको देशभरका २० वटा मुख्य स्टेशनबाट संकलन गरेको तथ्यांकअनुसार मनसुन अवधिभर एक हजार ४०२.९ मिलिमिटर वर्षा हुनुपर्नेमा सोमबारसम्म ८७६.६ वर्षा भइसकेको छ।

जुन १ देखि जुलाई २६ सम्मको तथ्यांक अनुसार यो वर्ष दुई महिना मनसुन अवधि बाँकी छदै ३२.३ प्रतिशत धेरै वर्षा भइसकेको विभागको भनाइ छ। समग्रमा नेपालभर मनसुन अवधिभरको ६२.५ प्रतिशत वर्षा भइसकेको विभागले जनाएको छ।

यो वर्ष काठमाडौं उपत्यकामा विगतको तुलनामा धेरै वर्षा भएको छ। जलवायु विश्लेषण शाखाका अनुसार काठमाडौं उपत्यकामा सरदर ५७०.३ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि आजसम्म ८२०.५ वर्षा भइसकेको छ।

नेपालमा जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP