सोमबार , अषोज २६, २०८३

यो वर्ष  गत वर्षहरुको तुलनामा अधिक वर्षा भइको छ। मनसुन सुरू भएको दुई महिनामै औसतभन्दा ३२.३ प्रतिशत बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ।

विभागको देशभरका २० वटा मुख्य स्टेशनबाट संकलन गरेको तथ्यांकअनुसार मनसुन अवधिभर एक हजार ४०२.९ मिलिमिटर वर्षा हुनुपर्नेमा सोमबारसम्म ८७६.६ वर्षा भइसकेको छ।

जुन १ देखि जुलाई २६ सम्मको तथ्यांक अनुसार यो वर्ष दुई महिना मनसुन अवधि बाँकी छदै ३२.३ प्रतिशत धेरै वर्षा भइसकेको विभागको भनाइ छ। समग्रमा नेपालभर मनसुन अवधिभरको ६२.५ प्रतिशत वर्षा भइसकेको विभागले जनाएको छ।

यो वर्ष काठमाडौं उपत्यकामा विगतको तुलनामा धेरै वर्षा भएको छ। जलवायु विश्लेषण शाखाका अनुसार काठमाडौं उपत्यकामा सरदर ५७०.३ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि आजसम्म ८२०.५ वर्षा भइसकेको छ।

नेपालमा जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP