मंगलबार , बैसाख २९, २०८३

विसं २०७८ साल साउन १२ गते । मङ्गलबार । इस्वी सन् २०२१ जुलाई २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्थी, ५७ घडी २९ पला,  रातको ०४ बजेर २४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– शतभिषा, १८ घडी ३९ पला, मध्यान्ह १२ बजेर ५२ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शोभन,  ४८ घडी ०४ पला, रातको १२ बजेर ३८ मिनेट उप्रान्त अतिगण्ड । करण– बव, बेलुकी ०४ बजेर २७ मिनेट उप्रान्त बालव,  रातको ०४ बजेर २४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौँमा सूर्याेदय ०५ बजेर २५ मिनेट, सूर्यास्त १८ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४४ पला । गणेष चौथीव्रत । पञ्चक ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेममा सफलता प्राप्त हुनेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । विद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हातलागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण कामहरू समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
अध्ययन अध्यापनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहेनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
मायाप्रेम तथा पतिपत्नीबीच केही विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । कामका सवालमा उठ्ने गोप्य कुराहरू बाहिर आउन सक्ने हुनाले सजक रहनुपर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे)
विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
प्रेममा सामीप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जित हुने तथा शत्रु परास्त हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेयोग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रसस्त नाफा कमाउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरूको प्रयोग गर्न पाइने  हुनाले मन प्रसन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाढिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाइ हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइन ग्रहयोग रहेको छ । दाजुभाइहरूसँगको सम्बन्धमा नयाँपनको विकास हुनेछ । लेख तथा रचनाहरू सामाजिक सञ्जालमार्फत जनमानसमा लैजान सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा पतिपत्नीबीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्य आम्दानी गर्न सकिनेछ । आत्मीय मित्र तथा साथीभाइहरूको सहयोगले सकारात्मक काम गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा)
रोकिएर बसेका काम सजिलै सम्पादन गर्न सकिनेछ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीहरूलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।  सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर खिच्न सकिनेछ । सामाजिक कामहरू समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापारमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरूकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा कामहरू थाती रहनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP