शुक्रबार , भाद्र १२, २०८३

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

काठमाडौं किङ्स-११ ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले टोलीबाट ईपीएल खेल्ने जानकारी गराएको छ। अन्तराष्ट्रिय खेलाडीको रुपमा काठमाडौंले अफ्रिदीलाई अनुबन्ध गरेको हो ।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए ।

अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी-ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए ।

यसअघि  काठमाडौंले राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्धित गरिसकेको छ ।

कार्यक्रममा किग्स इलेभेनका मालिक रोहित गुप्ताले नयाँ सिजन राम्रा खेलाडी अनुबन्ध गर्ने प्रयास गरिरहेको बताए । उनले खेलकुदको माध्यमबाट पर्यटनको विकास गर्न सकिनेमा जोड दिदै अन्तराष्ट्रिय खेलाडी नेपाल आउदा पर्यटनमा टेवा पुग्ने धारणा राखे ।

गुप्ताले साहिद अफ्रिदीसंगै विश्व क्रिकेटका ठुला नामले यस सिजन काठमाडौंबाट ईपीएल खेल्ने बताए ।

‘विदेशी खेलाडीको केही कोटा बाँकी नै छ । विश्व क्रिकेटमा अझ राम्रो नाम टिममा जोड्ने प्रयास गरिरहेका छौं ।’ उनले भने ।

काठमाडौंले यस सिजन नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने सहित दिपेन्द्र सिंह ऐरीलाई नयाँ सिजनका लागि टिममा समावेश गरेको छ । विकेट किपर ब्याट्सम्यान सुवास खकुरेलसमेत काठमाडौंमा आबद्ध छन् ।

टिमका सह–मालिक सञ्जय अग्रवालले कोभिडले अर्थतन्त्रलाई असर गरेको भएपनि खेलकुदमा लगानी गर्न आफुहरु ईपीएलमा सहभागी भएको बताए । उनले व्यवसायसँगै सामाजिक उत्तरदायित्व अघि बढाउन प्रतियोगितामा लगानी गरेको धारणा राखेका थिए ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।

४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP