मंगलबार , बैसाख २९, २०८३

सरकारले बालबालिकाका लागि ६० लाख मात्रा कोरोना विरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको छ । १२ वर्षदेखि माथिका बालबालिकाहरुका लागि खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए  ।

सोमबार बसेको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले असोजदेखि चैतसम्म ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए । यद्यपि सरकारले चैतसम्म ४ करोड २८ लाख ४८ हजार बढी मात्रा खोप प्राप्त हुने प्रक्षेपण गरेको छ ।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १५ लाख जनसंख्यालाई खोपको प्राथमिकतामा पारेको थियो । त्यसमा बालबालिका परेका थिएनन् । तर अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख बालबालिका समेत गरी २ करोड ६४ लाख जनालाई खोप दिने लक्ष्य सरकारले राखेको छ ।

असोज मसान्तभित्रै १ करोड ५ लाख ४८ हजार मात्रा खोप प्राप्त गर्ने डा. लोहनीले जानकारी दिए । जापानबाट १६ लाख डोज एक्स्ट्राजेनेका खोप भदौको पहिलो साता नेपाल आइपुग्ने भएको छ । यस्तै कोभ्याक्सबाटै ३ लाख ४८ हजार डोज खोप भदौको चौंथो साता नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै चीनबाट साउनको अन्तिम हप्ताभित्र १६ लाख डोज खोप नेपाल भित्रिने डा. लोहनीले बताए । यो खोप अनुदान र खरिद प्रक्रियाबाट ल्याइने उनले बताए । चीनबाट भदौ मसान्तसम्म ६० लाख डोज खोप नेपाल भित्रिने उनको दाबी छ । यस्तै भारतबाट प्राप्त गर्न बाँकी १० लाख डोज (कोभिसिल्ड) खोप भदौ दोस्रो सातासम्म आइपुग्ने डा.लोहनीले बताए । लोहनीका अनुसार २० प्रतिशत कोभ्याक्स खोप निःशुल्क प्राप्त हुँदैछ । जुन १ करोड १३ लाख मात्रा हो । बालबालिकाहरु चैत्र मसान्तसम्म फाइजरको ६० लाख मात्रा खोप नेपालले प्राप्त गर्ने डा.लोहनीको दाबी छ ।

हालसम्म ३४ लाख  ५ हजार १ सय ५४ अर्थात १५.८ प्रतिशत जनताले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइसकेका छन् भने १४ लाख ३० हजार ४ सय १५ अर्थात ६.६ प्रतिशतले दुवै डोज खोप लगाएको डा. लोहनीले जानकारी दिए ।  नेपालमा कोभिशिल्ड, भेरोसिल र जोनसन एण्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP