सोमबार , अषोज २६, २०८३

राजनीतिक ब्यूरो/काठमाडौं, सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपाको सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूमाथि लागेका आरोपको जवाफ र पार्टी एकतालाई बलियो बनाउने गरी आफ्नो धारणा राख्नुभएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार बैठकले अध्यक्ष ओलीको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय तोकेर १६ गते पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने निर्णय भएको छ ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन अध्ययन गर्न र थप आवश्यक छलफल र गृहकार्य गर्नका लागि १६ गतेसम्म बैठक स्थगित भएको श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले आफ्नो धारणा राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP