मंगलबार , चैत्र २५, २०८१

राजनीतिक ब्यूरो/काठमाडौं, सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपाको सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूमाथि लागेका आरोपको जवाफ र पार्टी एकतालाई बलियो बनाउने गरी आफ्नो धारणा राख्नुभएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार बैठकले अध्यक्ष ओलीको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय तोकेर १६ गते पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने निर्णय भएको छ ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन अध्ययन गर्न र थप आवश्यक छलफल र गृहकार्य गर्नका लागि १६ गतेसम्म बैठक स्थगित भएको श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले आफ्नो धारणा राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP