मंगलबार , अषोज २७, २०८३

एनआरएन अस्ट्रेलियाको निर्वाचन आउँंदो जुलाइ ३१ तारिखमा हुने भएको छ। जसको लागि नेपाली समुदाय तिब्र रुपमा आगाडी बढेको छ। एनआरएन अस्ट्रेलियाको निर्वाचन जोडतोडले लगि परेको र अस्ट्रेलियामा बस्ने अधिकांश नेपालीको सामाजिक संजालमा आफु निकट उम्मेदवारको प्रचार प्रसारको पोस्ट देख्न सकिन्छ। यो माहोल अस्ट्रेलियाको उत्तरी भागमा अवस्थित नर्दन टेरोट्रीमा पनि देख्न सकिन्छ। कतिपयले त सामाजिक संजाल मार्फत आफ्नो उम्मेदवारी घोषणा समेत गरि सकेका छन्। अबको केहि दिन भित्र आधिकारिक रुपमै उम्मेदवारी दिन लगाउन आवस्यक तयारी भइ सकेको बर्तमान NRNA -NT स्टेट कोडिनेटर हेम पुनले जानकारी दिनु भयो। यो सस्थामा उम्मेदवारी दिने उम्मेदवारलाई मिलाएर लैजान सक्दो प्रयास गरिरहेको तर पनि माहोल हेर्दा चुनावमा जाने स्थिति सिर्जना भएको वहा बताउनु  हुन्छ।

यो समाचार तयार पर्दा सम्म आधिकारिक रुपमा एनआरएन मै उम्मेद्वावारि दर्ता नभए पनि सामाजिक संजाललाइ आधार मानि हेर्ने हो भने दुइ नेपाली स्टेट कोडिनेटरको पदका लागि आफ्नो दावी पेश गर्न तयारी अवस्थामा रहेको बुज्न सकिन्छ।  आशिष भुसाल र बिष्णु चापागाई यी दुइ नाम आहिले एनआरएनए – एनटीको चुनाबमा स्टेट कोडिनेटर पदको दावेदारको रुपमा प्रस्तुत भएको छ।

२०१९ -२०२१ को एनआरएनए – एनटीको सचिब भइ आफ्नो कार्य क्षमता र कौशल नेपाली समुदाय सामु देखाई सकेका जुजारु युवा आशिष भुसालसंग लामो समय देखि नेपाली समुदायको हितमा काम गर्दै आउनु भएका २०१५-२०१७  मा सल्लाहकार र NRNA Australia को २०१७-२०१९  को कार्यकालमा NCC Member भई काम गरेका अनुभवी ब्यक्तिव बिष्णु चापागाई भिड्ने भएका छन्।

एन टी मा बस्ने नेपाली समुदायको हितको लागि आफ्नो उम्मेदवारी दिएको बताउने यी दुइ उम्मेदवार आहिले आफ्नो कार्यसमिति पूरा गर्न प्यानल बनाउनमा जुटेका छन्।  अन्य पदकालागि केहि उम्मेदवारको नाम फाइनल भएपनि सम्पूर्ण प्यानल तयार गर्न अझै केहि समय लाग्ने जानकारी भुसाल र चापागाईले पुराखबरलाइ दिए। स्टेट कोडीनेटर संगै सम्पूर्ण कार्यसमितिको नाम फाइनल भइ उम्मेदवारी घोषणा भय संगै नाम सार्बजनिक गर्ने पनि उनीहरु बताउछन।

पुराखबर परिवार सम्पूर्ण टिमलाई अग्रिम शुभकामना ब्यक्त गर्न चाहन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP