मंगलबार , असार २३, २०८३

डार्विन/अस्ट्रेलिया । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बिग ब्यास लिग (बिबिएल) क्रिकेटको यस संस्करणमा होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।

यसअघि आइपिएलमा एउटा पनि खेलमा मौका नपाएका उनलाई बिबिएलमा के हुने भन्ने निश्चित थिएन । तर, होबर्ट हुरिकेन्सले सन्दीपसँग सम्झौता भएको पुष्टी गरेको छ ।

यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि नयाँ टोलीको खोजी भइरहेकामा होबार्ट हुरिकेन्सले सम्झौता हो ।

सन्दीपले बिग ब्यासको सुरुवाती खेल भने गुमाउने छन् । उनी नेपालबाट बिग ब्यास लिग खेल्ने डिसेम्बर दोस्रो साता अस्ट्रेलियातर्फ जानेछन् ।

बिग ब्यास आगमी डिसेम्बर १० देखि सुरु हुँदै छ । अष्ट्रेलिया सरकारको कोरोना नियम अनुसार दुई हप्ता क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । बिबिएलको पहिलो खेलमा होबार्टले सिड्नी सिक्सर्ससँग खेल्ने छ । डिसेम्बरमा होबार्टले कुल ६ खेल खेल्ने छ । सन्दीपले कम्तिमा चार खेल गुमाउने छन् ।

गतवर्ष सन्दीपले मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । उक्त उत्कृष्ट प्रर्दशनले यस पटक पनि सन्दीपले मेलबर्न स्टार्सबाटै खेल्ने धेरैले आशा गरेका थिए । तर स्टार्सले सम्झौता नविकरण गरेन ।

मेलबर्न स्टार्सले यस पटक सन्दीपको स्थानमा अफगानिस्तानका स्पिनर जाहिर खानलाई टोलीमा अनुबन्ध गरेको छ । स्टार्सले वेस्टइन्डिजका निकोलस पुरन र इंग्ल्यान्डका जोनी बेयरस्टोसँग पनि सम्झौता गरेको छ ।

होबार्टले विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका कोलिन इनग्राम, इंग्ल्यान्डका विल ज्याक्स, डेविड मलान र वेस्टइन्डिजका युवा अलराउन्डर किमो पलले सम्झौता गरि सकेका छन् । कप्तान म्याथ्यु वेड रहँदा पिटर ह्यान्ड्सकम्ब र डार्सी सट जस्ता चर्चित खेलाडी होबार्टमा छन् ।

सिंगापुरका युवा स्टार ब्याट्सम्यान टिम डेभिड पनि होबार्टबाट बिग ब्यास लिग खेल्ने छन् । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।

सन्दीपले समेत नयाँ टीममा आवद्ध भई बिबिएल खेल्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

अस्ट्रेलियाबाट आफुले सधैं माया र समर्थन पाइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP