सोमबार , अषोज २६, २०८३

चिरन बराल /बुटवल ।

बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत २ जनाको गयराती निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गयराती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

बुटवल उपमहानगरपालिका ७ का ४२ वर्षीय तथा कपिलवस्तु २ गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । बुटवलका संक्रमित पुरुष गत मंसिर ५ गतेबाट अस्पतालमा उपचाररत थिए भने कपिलवस्तुका संक्रमित ९ गतेबाट उपचाररत थिए ।

बुटवलका पुरुषको गयराती ११ः२५ बजे र कपिलवस्तुका संक्रमितको १०ः२० बजे मृत्यु भएको डा. गौतमले बताए । एकजनालाई मंसिर ५ गते र अर्कालाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दुबैजना पहिलेदेखि नै मृगौलाको बिरामी रहि डाईलासिस गरिरहेको समेत अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP