मंगलबार , बैसाख २९, २०८३

बुटवल । रुपन्देहीको सैनामैनामा नेपालकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिने भएको छ । राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण र राजमार्गको सरसफाईलाई ध्यानमा राखेर सैनामैनामा लुम्बिनी प्रदेश सरकारको लगानीमा नेपालमै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुने भएको हो ।

राजमार्गमा अब्यवस्थित पार्किङ गरेर फोहर गर्ने कार्यलाई निरुत्साहित गर्न र लामोदुरिको चालकहरुलाई केहिबेर आराम गर्ने ब्यवस्था गरि सवारी दुर्घटना न्युनिकरण गर्न प्रदेश सरकारले रिफ्रेस सेण्टरको स्थापनाको अवधारणा ल्याएको प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ ।

अत्याधुनिक रिफ्रेस सेण्टरको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेण्टरले बहउपयोगी काम गर्ने बिश्वास ब्यक्त गरे । उनले वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अगाडि बढेकाले अस्थिरताको आशंका नगर्न आग्रह गरे ।

नेतृत्वले विवेक गुमाएका कारण नेपालमा राजनीतिक समस्या आएको आरोप।

उनले नेपालका शिर्ष नेताहरुमा क्रान्ति गर्ने तर उपलब्धीको ब्यवस्थापन गर्न नसक्ने कमजोरी रहेको उल्लेख गर्दै नेतृत्वले विवेक गुमाएका कारण नेपालमा राजनीतिक समस्या आएको आरोप लगाए ।

 

नेपालमा ९, ९ महिनामा सरकार बदल्ने बानी परेको उल्लेख गर्दै पोखरेलले त्यही परम्परा अनुसार सरकार बदल्ने र पालो कुर्ने संस्कार बसेको उल्लेख गरे । उनले सहमती र सहकार्य अहिलेको अपरिहार्यता रहेको दाबी गर्दै देखिएका समस्याको सामना गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले नेपाली समान्यज्ञानमा नेपालको पहिलो रिफ्रेस सेण्टर रुपन्देहीको संचालनमा आएको इतिहास कायम गर्न पाउनु जिल्लाबासीका लागि गौरवको बिषय भएको बताए ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले सैनामैनाले राजमार्गको सुरक्षा तथा आरामदायी रिफ्रेस सेण्टर संचालनमा उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

दुई चरणमा सम्मपन्ने गर्ने गरि तयार गरिएको आयोजनाको पहिलो चरणको लागत अनुमान ४ करोड ८२ लाख रहेको छ । रिफ्रेस सेण्टरमा सवारी पार्कीङ, चार्जिङ सेण्टर, अत्याधुनिक शौचालय, चालक बिश्रामगृह, यात्रु प्रतिक्षालय, चमेना गृह लगायतका सुबिधा रहने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP