
स्वस्थ र स्फुर्ति जीवनशैली सबैले चाहन्छन तर बिभिन्न ब्यस्तताको कारणले स्वस्थ जीवनशैलीको सन्तुलन राखीराख्न निकै कठीनपनि छ। तै पनि हरेक सजक नागरिकले कुनै न कुनै माध्येमबाट प्रयास गरिरहेको हुन्छ ,जस मध्ये दौड एक सरल, सुलभ र अत्यन्तै उपयोगी माध्यम मानिन्छ।बिगत केहि बर्ष यता डार्विनमा बसोबास गर्ने नेपालीहरु नियमित दौडमा सरिक भएको देखिन्छ।
फुर्सदको समयमा दौडनको लागि डार्विनमा अत्यन्तै राम्रो ट्रयाकहरु प्रशस्तैछन। समुद्री तट नजिकै रहेका ट्रयाकहरुमा चर्पी र खानेपानिको समेत ब्यबस्था छ र दौडनकोलागि यहॉको मौषम र हावापनीले पनि सघाईरहेको हुन्छ।बिहान र बेलुकाको समयमा निस्कनेहो भने यी ट्रयाकहरुमा प्रशस्तै नेपालीहरु, हिडिरहेको र दौडीरहेको पाउछौं त्यसैगरि नवजात शिसुहरुलाई प्राममा राखेर दौडिने आमाबुवाहरु पनि भेटिन्छन।
फन रन (FUNRUN)को रुपमा र प्रतियोगिताको रुपमा संन्चालित दौडप्रतियोगिताहरुमा पनि नेपालीहरुको सहभागिता बढ्नथालेको छ। डार्विनमा पर्करन (Parkrun) ३ क्षेत्रमा सन्चालित छ। नाईटक्लिफ, डार्विन र पालमर्ष्टन मा।हरेक शनिवार बिहान ७ बजे शुरुहुने ५ किमि दुरीको यो दौड बिश्वको २० भन्दा बढी देशहरुमा सन्चालित छ।सर्वप्रथम पार्करनको सुरुवात २ अक्टूबर २००४ मा Paul Sinton Hewitt ले लण्डनको Bushy Park बाट गरेकाहुन।यस पहिलो पार्करनमा जम्मा १३ जना सहभागि थियो।हाल अष्ट्रेलियाभरि बिभिन्न स्थानमा ४२४ ईभेण्टहरु सुचारु छन। पार्करन एक प्रतियोगिता नभई फनरनको रुपमा लिईन्छ तर यसमा सहभागिको समय र प्रगतिको अभिलेख राख्ने ब्यवस्था हुन्छ । पार्करन मा भागलिनको लागि पार्करन को वेबसाइट मा आफ्नो बिवरण भरेपछि पुग्छ। यसमा कुनै शुल्क लाग्दैन र यो ईभेण्ट प्रायोजक र सोयमसेवकहरुकै भरमा निरन्तर चलिरहेको छ।नाईटक्लिफ पार्करन (NIGHTCLIFF PARKRUN) मा सन २०१९ मा चन्द्र प्रकाश गुरुगं प्रवेश गरेपछि बिस्तारै अरु नेपालीहरुले पनि भाग लिन थालेका छन्। गुरुगंले आफ्नो श्रीमती दशमी गुरुगं लाई समेत दर्ता गराएपछि उनी मार्फत अन्य नेपाली महिलाहरु पनि पर्करनमा नियमित दौडिरहेकाछन् जसमध्ये श्रीचरना पौडेल, मन्जु बाग्ले र प्रशिका थापाले निरन्तरता दिईरहेकाछन। तीनै स्थानको गरि लगभग २० जनाजति नेपालीहरु पार्करन मा नियमित दौडिरहेका छन।
भर्खरै सम्पन्न NTCITY2SURF 2021 यस ईभेण्टको ४८औं श्रृंखला हो।सन १९७४ मा शुरु भएको यस दौडलाई
डार्विनको एक महत्वपूर्ण दौडको रुपमा लिईन्छ। अष्ट्रेलियाको बिभिन्न ठॉउबाट र अन्यमुलुकबाट बर्षेनि धावकहरु भागलिन आउनेहुदॉ सहभागिहरुको संख्या हजारौं हुने गर्दछ।
हरेक बर्ष जुन महिनामा प्रतियोगिता राखिन्छ किनकि जुन महिनामा डार्विनको मौषम अत्यन्तै राम्रोहुन्छ। यो बेला डार्विनमा पर्यटकहरु धेरै हुन्छन।कोरोना प्रकोपले गर्दा सन २०२० मा भने बल्ल तल्ल १८ अक्टूबर मा सम्पन्न भयो। संसार भरिका प्रयसबै ईभेण्टहरु स्थगित हुँदापनि डार्विन भित्र समुदायमा कोरोना संक्रमण नदेखिएकोले NTCITY2SURF 2020 संचालन गर्न सम्भब भएको थियो।
NTCITY2SURF मा ३ छुट्टा छुट्टै दौड़ प्रतियोगिता हरु समाबेश छन।
१ . परम्परागत १२ किमि दौड ( The traditional City2Surf): यसमा जोकोहीले स्वतन्त्र रुपमा भागलिन पाउछन। यो नै प्रतियोगिताको मुख्य दौड हो। धावकहरुले डार्विन शहरको मुख्य भागको Esplanade सडकको DOUBLE TREE HILTON Hotel को अगाडी बाट सुरुगरि NIGHTCLIFF स्थित NIGHTCLIFF SWIMMING POOL सम्म १२ किमि दुरी पार गर्नु पर्नेछ ।
२ . मिनिसर्फर ४ किमि( MINISURFER 4km): यो दौड चाहि लामो दुरी पार गर्न नसक्ने किशोर र बयस्कहरुलाई लक्षित गरि राखिएको भएकापनि जसले पनि भाग लिन सकिन्छ। Night cliff swimming pool बाट सुरु भई २किमि दुरी मा यु टर्न गरेर सुरुवाती स्थानमै दौड पुरा हुन्छ ।
३ . MARATHON4KIDS 1.195Km: ससाना बालबालिका हरुलाई दौडमा आकर्षण गर्न र मनोरन्जनको लागि क़रीब २ किमिको यो प्रतियोगिता राखिएको हुन्छ । NTCITY2SURF प्रतियोगितामा भागलिनको लागि आयोजकले हरेक बर्ष प्रतियोगिताको मिति र अन्य ब्यबस्थाको योजना बनेपछि अनलाईन रजिस्ट्रेशन अह्वान गरेको हुन्छ। ईच्छुक बियक्तिले ब्यक्तीगत रुपमा वा समुह (टिम) बनाएर नाम दर्ता गर्न सकिन्छ। दर्ताशुल्कबाट उठेको रकमबाट जनस्वास्थ क्षेत्रमा प्रयोग गरिन्छ।
सहभागि सबैलाई दुरीपुरा पार गर्नसाथ हौसला स्वरुप FINISHER MEDAL प्रदान गरिन्छ भने बिभिन्न दुरी र उमेरसमुहमा बिजेताहरुलाई मुल आयोजकबाट ट्रफी प्रदान गरिन्छ ।
त्यसैगरि धेरै संख्यामा सहभागि जनाउने क्लब वा समुहहरुलाई पनि पुरस्कृत गरिन्छ ।
NTCITY2SURF मा नेपालीहरुको सहभागिताको ईतिहॉस भने त्यतिलामो छैन।
सन २०१३मा चन्द्र प्रकाश गुरुगंले पहिलो पटक भाग लिएका थिए। त्यसपछि गुरुगंले अरु साथीहरुलाई भागलिनको लागि अनुरोध गर्दा खासै कसैले चासो लिएन। धेरैले लामो दुरी, दर्ता शुल्क र समय अनुकूल नहुने कारण बताउथे। तै पनि बिस्तरै दौड र स्वास्थ्यको समंबन्ध अनि दौड पुरा गर्न सकेपछिको फिलिंगस बारे राम्ररी बुझाउन थालेपछि २/४ जना गर्दै क्रमश: नेपालीहरुको सहभागिता बढ्न थाल्यो। यहाँ स्थित नेपाली संघसंस्था हरु Nepalese Association for Northern Territory ( NANT) र Non Residents Nepali Association Australia NT ( NRNA NT) बाट धावकहरुलाई हौंसला दिन संयुक्तरुपमा दर्ता शुल्क तिरिदिने र सिंग्लेट प्रदान गरिदिने ब्यवस्था गरियो तैपनि खासै उल्लेखनीय सहभागिता हुनसकेन।केहि धावकहरुले संस्थाको तर्फबाट ब्यहोरेको दर्ताशुल्क संस्थाकै खातमा फिर्तागरेर अन्य परोपकारी क्षेत्रमा प्रयोग गर्न शुझाव दिए।त्यसपछि सहभागिहरुले आफै दर्ताशुल्क तिर्दै भागलिईरहेकाछन भने संस्थाहरुबाट फ्री सिंग्लेट र अन्य सहयोगहरु दिदैआईरहेको छ।
सन २०१९ मा केहि थप धावकहरु आउने निश्चित भएपछि चन्द्र प्रकाश गुरुगंको संयोजकत्वमा TEAM NEPAL गठन भयो नेपालको प्रतिनिध्व गर्दै पहिलोपटक नेपाली राष्ट्रीय झण्डा अंकित भेष्टमा नेपाली धावकहरु NTCITY2SURF मा दौडिए। यसरी मातृभूमि लाई कर्म भुमिमा चिनाउने अवसर पाउदा सबैलाई गौरवको अनुभुति भयो र आगमी बर्षहरुमा अरु साथीहरु थप्ने अठोट गरे।
सन २०२० मा कोरोनाको कारणले NTCITY2SURF हुने नहुने दोधारमा थियो तर ढिलै भएपनि हुने भयो र टिमनेपाल बाट महिलापुरुष गरि बिभिन्न बिधामा गरि जम्मा २६ जनाले नाम दर्ता गरे। यसपटक यहॉको नेपाली संस्थाहरु NANT र NRNA NT का पदाधिकारीहरु र डार्विनका प्रतिष्ठित नेपाली ब्यवशायीहरु समेत दैडमा समावेश भए। पहिलो पटक नेपाली महिलाहरु समेत समाबेश भएको यो सहभागिता सम्भवता अष्ट्रेलियाभरिकै नेपालीहरुको पहिलो ठुलो संख्यामा सहभागिता थियो।
अत्यन्तै उत्साह पुर्वक सम्पन्न दौडमा टिम नेपाल को धावक मध्ये १२ किमि तर्फ संयोजक चन्द्र प्रकाश गुरुगं प्रथम र दशमी गुरुगं दोश्रो भएका थिए भने ४ किमि तर्फ नवीन भण्डारी प्रथम र बसुदेव दुलाल दोश्रो भएका थिए।
यसैगरि सन २०२१ मा पनि करीब २७ जनाले भाग लिएका थिए। टिम नेपाल मध्ये १२ किमि तर्फ दिनेश मल्ल प्रथम र चन्द्र प्रकाश गुरुगं द्वितिय भए। महिला तर्फबाट १२ किमि मा दशमी गुरुगं प्रथम, उनी सबैजनामध्ये चौथो आईन। त्यसैगरि ४ किमि तर्फ बाशुदेव दुलाल र सागर पन्त क्रमश पहिलो र देश्रो भए। सागर पन्त भन्दा १ सेकेण्डले पछि परेकि शोनिया दहाल ४किमि तर्फको महिलाहरु मध्ये प्रथम भईन।
प्रथम हुने दिनेश मल्ल Darwin Kayak Polo मा आबद्ध छन्। पुर्व Adventure Guide मल्लले यस अघि केहि म्याराथोन र हाफ म्यारथोन हरु गरिसकेकाछन्। NTCITY2SURF 2021 पछि मल्लले आफ्नो अनुभव यसरी ब्यक्त गरे। “ NTCITY2SURF मा मैले पहिलोपटक २०१४ मा भागलिएको थिए र पार्करन मा पनि एकदुईपटक भाग लिाईसकेको छु। बिभिन्न फ़िज़िकल च्यालेन्जमा मेरो रुची छ। बिभिन्न दुरीको दौडहरु र म्याराथोन समेत गरेको छु तर आज सम्म मातृभूमिको प्रतिनिधित्व गर्ने अवसर मिलेको थिएन। पहिलो पटक यस बर्ष TEAM NEPAL मा रही नेपाली दाज्युभाई दिदि बहिनिहरु संग दौडन पाउदा अत्यन्तै खुशी र गौरव लागेको छ। अझै हाम्रो समुदायको खेलाडि संख्य बढ्दै जाओस भन्ने कामना गर्दछु। र संयोजक सहित सबै सहयोगीहरुलाई धन्यबाद ।”
गत बर्ष पहिलोपटक ४ किमि मा भाग लिएका डार्विनको नेपाली बीचको एक अग्रज ब्यक्तित्व परेशराज घिमिरे यसपटक १२ किमि मा सहभागि बने। एक बर्षको अन्तरालमा २० किलो भन्दा बढी वोजन घटाई तन्दुरुस्त रुपले आएका घिमिरेले १२ किमि सजिलै पारगरे। उहॉको यो गतिविधिबाट धेरैलाई प्रभाव परेको छ।
नेपाली मूलका ब्यायम प्रशिक्षक नितेशराज पन्त पनि यसपटक टिम नेपाल मार्फत सिटी टु सर्फ २०२१ दौडमा समावेश भए। २००९ देखि मधुमेह- २ को अवस्था मा रही आहिले सो अवस्थालाइ पूर्ण नियंत्रण गर्न सफल रहेका पन्तले जीवनमा पहिलो पटक १२किमि को दुरी दौडे।दौड सकिएपछि पन्त यसो भन्छन।” पहिलोपटक १२ किमि पार गर्दापनि खासै कुनै दुखाई र थकानको अनुभव भएन, नेपाली झण्डा अंकित भेष्टमा हाम्रो आफ्नै ठुलो समुहमा दौडने अवसर मिलेको मा साह्रै गौरव अनुभव भएको छ। साथै यो दौड मा भाग लिन प्रेरित गर्नु हुने संयोजक चन्द्र प्रकाश गुरुङ जी प्रति आभारी छु जसले २०१३ देखि निरन्तर नेपाली हरुको प्रतिनिधित्व सिटी टु सर्फ मा गर्दै आईरहनु भएको छ।
NANT का पुर्व अध्यक्ष एवम हाल सल्लाहकार समेत रहेका पन्तले संस्था बाट खेलाडीहरुलाई निःशुल्क भेष्ट प्रदान गर्नु अत्यन्तै सह्रानीय कार्य भएपनि पदाधिकारीहरुले कुनैपनि बस्तु निःशुल्क लिन उचीत नहुने जिज्ञासा राख्दै भेष्टको मुल्यमा केही थप गरि ५० डलर संस्थाकै कोषमा फिर्ता गरेकाछन्।
यसपटक नेपाली धावकहरुलाई प्रहोत्सान स्वरुप स्थानिय ब्यवशायीहरुले बिभिन्न पुरुस्कार भौचर हरु प्रदान गरिएको थियो ।
SUNSIL HAIR & BROW STUDIO को तर्फबाट ४ किम र १२ किम प्रथम हुने महिलाहरुको लागि एकपटक को FREE HAIR CUT प्रदान गरिएको थियो। जसमा ४ किमि तर्फ शोनिया दाहाल र १२ किमि तर्फ दशमी गुरुगं ले जितिन।
त्यसैगरि YOGI’s WAY Restaurant को तर्फबाट उपलब्ध भौचर हरुमा १२ किमि तर्फ प्रथम दिनेश मल्ल – ( free dinner for 2)। १२ किमि तर्फ दोश्रो चन्द्र प्रकाश गुरुगं-( Free dinner for 1)। ४ किमि तर्फ प्रथम बाशुदेवदुलाल-(free dinner for 2)। ४ किमि तर्फ दोश्रो सागर पन्त-(free dinner for 1)।
यसबाहेक Darwin runners and Walkers Club बाट पनि हरेक बुधवार सॉझ र कहिले काही सप्ताहन्त मा दौड कार्यक्रम हरु सन्चालन भैरहेको छ। हाल सम्म नेपाली हरुले यसमा भागलिएको जानकारी छैन। आगमी ११ जुलाई मा यो क्लबले हाफ म्याराथोन आयोजना गरेको छ जसको लागि दिनेश मल्ल र चन्द्र प्रकाश गुरुगं लगायत केही नेपाली हरुले सहभागिता जनाउने संभावना देखिन्छ ।
बिभिन्न ब्यक्तित्वहरुको सहभागिता, स्थानिय संघसंस्थाहरुको सहयोग र खेलाडीहरुको बढ्दो रुची देखिएकोले दौडबाट डार्विन बस्ने नेपालीहरुको स्वस्थ स्थितिमा सकरात्मक प्रभाव पर्ने देखिन्छ। बिभिन्न दौड़ प्रतियोगिता हरुमा सहभागिता बढाउदै लानुको साथै TEAM NEPAL ले आफ्नै नेपाली भित्र पनि प्रतियोगिता राख्न सके अझै प्रभावकारी हुने देखिन्छ।
फोटो: फिरोज राणा र युवराज पन्त