बुधबार , जेठ ८, २०८२

दाङ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजे भएको दुर्घटनामा परी मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–८, का अन्दाजि ५१ वर्षिय कलिभान नेपाली, सोहि ठाउँका ४८ वर्षिय आईते चनारा, ५१ वर्षिय गोरे नेपाली र ६६ वर्षिय सार्के नेपाली रहनुभएको छ । चारै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नं. ८ कै ५८ वर्षिय लालबहादुर नेपाली गम्भिर घाईते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

नेपालीको शरिरका विभिन्न अंगमा चोट लागेको र बोल्न सक्ने अवस्थामा नरहेको उनले बताए । आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०/१२ जना जन्ति बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ ज ५८९ नम्बरको जिप दाजेमा दुर्घटना भएको हो । जिप सडकबाट अन्दाजि १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी निरीक्षक लालबहादुर सुनारको कमाण्डमा ११ जनाको टोली खटिएको छ । उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । चालक वडा नं. ९ का अन्दाजि २८ वर्षिय डिल्लीबहादुर नेपाली फरार रहेको र खोजि भइरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP