मंगलबार , असार २३, २०८३

दाङ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजे भएको दुर्घटनामा परी मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–८, का अन्दाजि ५१ वर्षिय कलिभान नेपाली, सोहि ठाउँका ४८ वर्षिय आईते चनारा, ५१ वर्षिय गोरे नेपाली र ६६ वर्षिय सार्के नेपाली रहनुभएको छ । चारै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नं. ८ कै ५८ वर्षिय लालबहादुर नेपाली गम्भिर घाईते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

नेपालीको शरिरका विभिन्न अंगमा चोट लागेको र बोल्न सक्ने अवस्थामा नरहेको उनले बताए । आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०/१२ जना जन्ति बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ ज ५८९ नम्बरको जिप दाजेमा दुर्घटना भएको हो । जिप सडकबाट अन्दाजि १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी निरीक्षक लालबहादुर सुनारको कमाण्डमा ११ जनाको टोली खटिएको छ । उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । चालक वडा नं. ९ का अन्दाजि २८ वर्षिय डिल्लीबहादुर नेपाली फरार रहेको र खोजि भइरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP