सोमबार , अषोज २६, २०८३

काठमाडौँ — उपत्यकाका तीनवटै प्रशासनले तिहारमा देउसी–भैलो खेल्न र सांस्कृतिक कार्यक्रम आयोजना गर्न रोक लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कोरोना संक्रमणको उच्च जोखिम औँल्याउँदै तिहार, छठ तथा नेपाल संवत्लगायत चाडपर्व मनाउने क्रममा कुनै पनि सांस्कृतिक कार्यक्रम आयोजना गर्न निषेध गरेका हुन् ।

‘चाडपर्व मनाउँदा अनावश्यक रूपमा जमघट नहुन, देउसी–भैलो लगायत समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापका साथै समुदायमा अशान्ति फैलाउने किसिमका आतिसबाजी र पटका

पड्काउने कार्य नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’ प्रशासनको आदेशमा भनिएको छ, ‘कानुनले वर्जित गरेका तथा नगर्न, नगराउन भनी निर्देशन दिएका क्रियाकलापहरू भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’ यस वर्ष शुक्रबारबाट यमपञ्चक (तिहार) लागिसकेको छ ।

प्रशासनका आदेशविपरीत कार्यक्रम सञ्चालन गरिए स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोक ऐन २०२० अन्तर्गत कारबाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए ।

‘काठमाडौं महामारीको उच्च जोखिममा छ, यस्तो बेला भेला, जमघट र मनोरञ्जनात्मक कुनै पनि कार्यक्रम आयोजना हुँदा संक्रमण थप फैलिन सक्छ, त्यही भएर घरमै बसेर चाडपर्व मनाउन र शुभकामना आदान–प्रदानदेखि खुसी साटासाट गर्न भनेका छौं,’ उनले भने । भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले आदेश उल्लंघन गरिए आयोजक र सहभागीलाई पक्राउ गरी कैद र जरिवानासमेत गर्न सकिने बताइन् । ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टले प्रशासनको आदेश कडाइका साथ कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP