शनिबार , जेठ २५, २०८२

सनातन धर्म अनुसार सोह्र संस्कार मध्ये एक हो, विवाह संस्कार । हिन्दू हिन्दु संस्कृतीमा विवाहलाई सात जन्मको बन्धन मानिन्छ ।विवाहपछि दुई शरीरसँगै आत्माको मेल हुने र जन्मौजन्मसम्म यो सम्बन्ध बनिरहने मान्यता छ । तसर्थ विवाहपूर्व वरबधूको कुण्डली मिलाउने गरिन्छ । वरबधूको कुण्डलीका आधारमा उनीहरुबीच विवाह गर्न उचित छ छैन त्यसबारे जान्न सकिने ज्योतिषहरु बताउँछन् ।

कुण्डलीमा वरबधूको ३६ गुण मिलाइन्छ । यदि दुबैबीच ३६ मध्ये न्युनतम १८ गुण मिलेमात्र विवाह गर्ने सल्लाह दिइन्छ । १८ भन्दा कम गुण मिलेमा विवाह नगर्ने सल्लाह दिइन्छ ।

ज्योतिषशास्त्र अनुसार, विवाह गर्न वरबधूको कुण्डली मिल्नु अत्यन्त आवश्यक हुन्छ । यसले दुबैबीचको नक्षत्र र ग्रह अनुकूल भए नभएको थाहा पाउन सकिन्छ । यदि वरबधूको नक्षत्र र गुण अनुकूल भएमा वैवाहिक जीवन सुखी हुने मान्यता छ भने कुण्डलीम ग्रह नक्षत्र मेल नखाएमा दाम्पत्य जीवन कष्टमय हुने मान्यता छ । जसले दुबैको वैवाहिक जीवन बिग्रने मान्यता छ ।

हुनत कतिपय मानिस कुण्डली वा ज्योतिषशास्त्रमा विश्वास गर्दैनन् । उनीहरु विवाह गर्न कुण्डलीभन्दा वरबधूको एक अर्का प्रतिको स्नेह, विश्वास र समझदारी महत्वपुर्ण हुने मान्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


TOP