शुक्रबार , भाद्र १२, २०८३

सनातन धर्म अनुसार सोह्र संस्कार मध्ये एक हो, विवाह संस्कार । हिन्दू हिन्दु संस्कृतीमा विवाहलाई सात जन्मको बन्धन मानिन्छ ।विवाहपछि दुई शरीरसँगै आत्माको मेल हुने र जन्मौजन्मसम्म यो सम्बन्ध बनिरहने मान्यता छ । तसर्थ विवाहपूर्व वरबधूको कुण्डली मिलाउने गरिन्छ । वरबधूको कुण्डलीका आधारमा उनीहरुबीच विवाह गर्न उचित छ छैन त्यसबारे जान्न सकिने ज्योतिषहरु बताउँछन् ।

कुण्डलीमा वरबधूको ३६ गुण मिलाइन्छ । यदि दुबैबीच ३६ मध्ये न्युनतम १८ गुण मिलेमात्र विवाह गर्ने सल्लाह दिइन्छ । १८ भन्दा कम गुण मिलेमा विवाह नगर्ने सल्लाह दिइन्छ ।

ज्योतिषशास्त्र अनुसार, विवाह गर्न वरबधूको कुण्डली मिल्नु अत्यन्त आवश्यक हुन्छ । यसले दुबैबीचको नक्षत्र र ग्रह अनुकूल भए नभएको थाहा पाउन सकिन्छ । यदि वरबधूको नक्षत्र र गुण अनुकूल भएमा वैवाहिक जीवन सुखी हुने मान्यता छ भने कुण्डलीम ग्रह नक्षत्र मेल नखाएमा दाम्पत्य जीवन कष्टमय हुने मान्यता छ । जसले दुबैको वैवाहिक जीवन बिग्रने मान्यता छ ।

हुनत कतिपय मानिस कुण्डली वा ज्योतिषशास्त्रमा विश्वास गर्दैनन् । उनीहरु विवाह गर्न कुण्डलीभन्दा वरबधूको एक अर्का प्रतिको स्नेह, विश्वास र समझदारी महत्वपुर्ण हुने मान्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP