
बुढीतोलाको एक होटलमा युवतीसंग समातिएका ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी भरतराज चौधरी जिल्ला तानिएका छन् । चौधरी माथि छानबिन गर्न जिल्ला तानिएको प्रहरीले जनाएको छ ।
डिउटीको समयमा सम्पर्कबिहीन भएका चौधरी ८ घण्टापछि होटलमा युवतीसंग फेला परेका थिए । डिउटी चेक गर्दा फेला नपरे जिल्लामा तानेको पुष्टि गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले चौधरीलाई जिल्लामा छानबिन भई रहेको जानकारी दिए । ईप्रका मालाखेतीमा तत्कालका लागि ईन्सपेक्टरलाई जिम्मेबारी दिइएको छ।
यस्तो थियो घटना
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगपालिकास्थित चौमालामा ना ३ ख ५९४२ नम्बरको ट्रकले सु।प।प ०१०० प ९७६ को मोटसाइकललाई ठक्कर दियो । मोटसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ४ बने २२ वर्षीय अर्जुन चौधरी मोटसाईलकमा सवार २४ वर्षीय पे्रम चौधरी दुर्घटनामा गम्भीर घाईते भए । गम्भीर घाइते भएका अर्जुनको पछि उपचारको क्रममा मृत्यु भयो ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीबाट ईलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीको खोजी सुरु भयो । सेटमार्फत खोजी गर्दा पनि चौधरी भेटिएनन ।
राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरियो । कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनाबमा परे । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई जना प्रहरीको विभत्स हत्या भएको डेढ महिना नबित्दै प्रहरी नायव उपरीक्षक सम्पर्कविहीन भएपछि कैलाली मात्र नभएर सुदूरपश्चिमका प्रहरी अधिकारी तनावमा थिए ।
कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राति नै टोली खटाईयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरियो ।
तर प्रहरी नायव उपरीक्षक चौधरी आज बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतिसंग फेला परेका छन् । स्रोतका अनुसार उनी ‘केटी’ सहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन ।
‘केटी लिएर बुढीतोला जानु भएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नु भयो होला, यता सम्पर्कविहीन भएपछि खोजी हुन थाल्यो ।’ स्रोतले दिएको जानकारी अनुसार उनी केटीसहित रंगेहात समातिएका हुन । प्रहरीले उक्त घट्नालाई लुकाउन खोजीका छन् ।
यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहंले नायव उपरीक्षक चौधरी आज बिहान आफै सम्पर्कमा आएको बताएका छन् । युवतीसंग भेटीएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भईरहेको उनले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक सिहंल भने–‘सम्पर्कविहीन भएपछि खोजी गरेका हौं, उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नु भएको छ ।’
उनका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भनेपनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन् । चौधरीलाई अहिले जिल्ला प्रहरीका कार्यालय कैलालीमा राखिएको छ ।
@News24nepal