मंगलबार , बैसाख २९, २०८३

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज (बिहीबार) नेपाल आउँदैछन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको औपचारिक निमन्त्रणामा श्रृंगला बिहीबार बिहान १० बजे विशेष विमानमार्फत नेपाल आउन थालगेका हुन् । नेपाल आएलगत्तै लागेका श्रृंगला उच्चस्तरीय भेटवार्तामा ब्यस्त हुनेछन् ।

परराष्ट्र अधिकारीका अनुसार श्रृंगालाले बिहीबार सचिव पौड्यालसँग औपचारिक वार्ता गर्ने तय भएको छ । त्यसलगत्तै श्रृंगलाले राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।

नेपाल–भारतबीच पछिल्लो समय सीमा विवादका कारण उत्पन्न परिस्थितिलाई समाधान गर्न भेट महत्वपूर्ण मानिएको छ । सीमा विवादका विषयमा औपचारिक रुपमा छलफल नहुने भएपनि अनौपचारिक कुराकानी भने हुनसक्ने अनुमान गरिएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध र भविष्यमा दुई देशबीच हुने उच्चस्तरीय भ्रमणका बारेमा कुराकानी हुने बताइएको छ । श्रृंगलाले प्रमुख प्रतिपक्षी दल कांग्रेस, अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेतासँग पनि शिष्टाचार वार्ता हुने कार्यक्रम छ ।

यसैबीच, शुक्रबार भने श्रृंगलाले कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल-भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्नेछन् ।

विदेश मामिलासम्बन्धी थिंकट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स ९एआइडिआइए० को आयोजनामा विदेशसचिव शृंगलाले होटेल सोल्टीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP