सोमबार , अषोज २६, २०८३

चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नायिका केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने पक्का भएको छ । वि.सं २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई केकीले चलचित्रमा उतार्ने तयारी गरेकी हुन् । यो नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन् । सरिता गिरीले नाटकमा एकल अभिनय गरेकी थिइन् ।

सुलक्षण भारतीको लेखनमा निर्माण हुन लागेको ‘बोक्सीको घर’ नामक चलचित्रलाई सुव्रतराज आचार्य र सुलक्षणले संयुक्त रुपमा निर्देशन गर्ने तयारी गरेका छन् । केकी अधिकारी फिल्मस्ले निर्माण गर्ने चलचित्रमा नायक गौरव पहारी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहनेछ ।

चलचित्रका बाँकी कलाकारको छनोट अडिसनबाट गरिनेछ । विगत डेढ महिनादेखि कलाकारहरुले वर्कशप गरिरहेका छन् । चार महिनासम्म वर्कशप गरेपछि छायांकन प्रारम्भ गरिने बताइएको छ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रलाई बद्री अधिकारीले निर्माण गर्दैछन् । चलचित्रका कार्यकारी निर्माता विशाल भण्डारी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP