शुक्रबार , जेठ ३१, २०८२

फिफा विश्वकप २०२२ को कतारको दक्षिण अमेरिकी छनोटको तेस्रो राउन्डको खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले भेनेजुएलासँग प्रतिस्पधा गर्दैछ । खेल साओपाउलोमा शनिबार बिहान ६ः१५ बजे हुनेछ ।

घरेलु मैदानमा ब्राजिल भेनेजुएलाविरुद्ध मैदान उत्रँदा लगातार तेस्रो जितको खोजीमा हुनेछ । ब्राजिलले छनोटको पहिलो खेलमा बोलिभियालाई ५–० ले तथा दोस्रो खेलमा पेरुलाई ४–२ ले हराएको थियो ।

भेनेजुएलाविरुद्ध ब्राजिल स्टार फरवार्ड नेयमारविनै उत्रने छ । पेरुविरुद्धको खेलमा नेयमारले ह्याट्रिक पुरा गरेका थिए । नेयमार टोलीमा रहेपनि ग्रोइन इन्ज्युरीका चोटका कारण खेल्ने छैन । उनले मंगलबार उरुग्वेविरुद्धको खेल खेल्ने सम्भावना छ ।

उनको स्थानमा रोड्रिगोलाई टोलीमा समेटिएको छ । चोटका कारण फिलिपे कौटिन्हो र कोरोना संक्रमणका क्यासमिरो पनि टोलीमा नरहँदा ब्राजिललाई समस्या हुन सक्नेछ ।
नेयमार नभएपनि टोलीमा गाब्रियल जेससले पूनरागमन गरेका छन् ।

भिनिसियस जुनियर, रिचार्लीसन, रोबर्टाे फिर्मिन्हो, अर्थर, एलान, रेनान लोडी, डिएगो कार्लाेस, माकिन्हस र थियागो सिल्भा टोलीमा हुनेछ । चोटबाटै गोलरक्षक एलिसन बेकरले पनि टोलीमा पूनरागमन गरेका छन् ।

यता, भेनेजुएला पनि ब्राजिलमा स्टार खेलाडी नभएको फाइदा उठाउँदै छनोटमा पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ । भेनेजुएला कोलम्वियासँग ३–० ले तथा पाराग्वेसँग १–० ले पराजित भएको थियो । टोलीसँग डार्विन माचिस, रोमुलो ओटेरो, सर्जियो कोर्डोभा र यान्जेल हेरेरा लगायतका खेलाडीको साथ रहेको छ ।

भेनेजुएलालाई हराए अथवा बराबरीमा रोकेपनि ब्राजिल छनोटको शीर्षस्थानमा उक्लनेछ । ब्राजिलको २ खेलबाट ६ अंक छ । ३ खेल खेलेको अर्जेन्टिनाको ७ अंक छ । भेनेजुएलाको दुई खेलबाट कुनै अंक छैन । यस्तै छनोटकै अर्काे खेलमा कोलम्विया र उरुग्वे तथा चिली र पेरुबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु