शुक्रबार , भाद्र १२, २०८३

फिफा विश्वकप २०२२ को कतारको दक्षिण अमेरिकी छनोटको तेस्रो राउन्डको खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले भेनेजुएलासँग प्रतिस्पधा गर्दैछ । खेल साओपाउलोमा शनिबार बिहान ६ः१५ बजे हुनेछ ।

घरेलु मैदानमा ब्राजिल भेनेजुएलाविरुद्ध मैदान उत्रँदा लगातार तेस्रो जितको खोजीमा हुनेछ । ब्राजिलले छनोटको पहिलो खेलमा बोलिभियालाई ५–० ले तथा दोस्रो खेलमा पेरुलाई ४–२ ले हराएको थियो ।

भेनेजुएलाविरुद्ध ब्राजिल स्टार फरवार्ड नेयमारविनै उत्रने छ । पेरुविरुद्धको खेलमा नेयमारले ह्याट्रिक पुरा गरेका थिए । नेयमार टोलीमा रहेपनि ग्रोइन इन्ज्युरीका चोटका कारण खेल्ने छैन । उनले मंगलबार उरुग्वेविरुद्धको खेल खेल्ने सम्भावना छ ।

उनको स्थानमा रोड्रिगोलाई टोलीमा समेटिएको छ । चोटका कारण फिलिपे कौटिन्हो र कोरोना संक्रमणका क्यासमिरो पनि टोलीमा नरहँदा ब्राजिललाई समस्या हुन सक्नेछ ।
नेयमार नभएपनि टोलीमा गाब्रियल जेससले पूनरागमन गरेका छन् ।

भिनिसियस जुनियर, रिचार्लीसन, रोबर्टाे फिर्मिन्हो, अर्थर, एलान, रेनान लोडी, डिएगो कार्लाेस, माकिन्हस र थियागो सिल्भा टोलीमा हुनेछ । चोटबाटै गोलरक्षक एलिसन बेकरले पनि टोलीमा पूनरागमन गरेका छन् ।

यता, भेनेजुएला पनि ब्राजिलमा स्टार खेलाडी नभएको फाइदा उठाउँदै छनोटमा पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ । भेनेजुएला कोलम्वियासँग ३–० ले तथा पाराग्वेसँग १–० ले पराजित भएको थियो । टोलीसँग डार्विन माचिस, रोमुलो ओटेरो, सर्जियो कोर्डोभा र यान्जेल हेरेरा लगायतका खेलाडीको साथ रहेको छ ।

भेनेजुएलालाई हराए अथवा बराबरीमा रोकेपनि ब्राजिल छनोटको शीर्षस्थानमा उक्लनेछ । ब्राजिलको २ खेलबाट ६ अंक छ । ३ खेल खेलेको अर्जेन्टिनाको ७ अंक छ । भेनेजुएलाको दुई खेलबाट कुनै अंक छैन । यस्तै छनोटकै अर्काे खेलमा कोलम्विया र उरुग्वे तथा चिली र पेरुबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP