मंगलबार , अषोज २७, २०८३

सबिन बराल / डार्विन

एन आर एन ए अस्ट्रेलियाका राष्ट्रिय उपाध्यक्ष एवं एन एस डब्लु, स्टेट कोडिनेटर देव बहादुर गुरुङ्ग अस्ट्रेलियाको नेपाली समुदायमा चिर परिचित नाम हो।  २०१७-२०१९ मा एन आर एन ए अस्ट्रेलियाका राष्ट्रिय सचिव भइ निकै राम्रो कार्य गरेका गुरुङ्ग, उनले गरेका कार्यको उच्च मुल्यांकन गर्दै २०१९-२०२१ मा एन आर एन ए अस्ट्रेलियाका राष्ट्रिय उपाध्यक्ष संगै एन एस डब्लु, स्टेट कोडिनेटरको पदभार सम्हाल्न सफल भएका थिए।

सचिव भएर काम गर्दै गर्दा एन आर एन ए मा सदस्यता लिन चाहनेलाइ चौबिसै घण्टा सदस्यता लिन सकिने गरि नया ब्यवास्था लागु गरेका थिए भने सदस्यताको बैधता २ बर्ष सम्मको हुने निर्णय पनि गरेका थिय।  उनि एक्लैले यो सब नगरे पनि तत्कालिन समयमा यो सबै निर्णय गराउनमा उनको ठुलो योगदान रहेको थियो।

देव गुरुङ्ग राष्ट्रिय उपाध्यक्ष एवं एन एस डब्लु, स्टेट कोडिनेटर भए पछि पहिलो पटक Nepalese Community Consultation program को आयोजना गरायका थिए।  नेपाली समुदाय र  एनआरएनए बीच को मतभेद कम गरेर धेरै भन्दा धेरै नेपाली समुदायलाई एनआरएनए को सदस्य बनाउन सफल भएका थिय।  नेपालबाट आएका सम्पूर्ण अभिभावकलाइ मनोरंजन संगै भेटघाट गराउन बनभोजको आयोजना गर्दै भिजिट नेपाल २०२० सफल गराउन पनि निकै महत्वपूर्ण योगदान रहेको थियो।  

कोभिड -१९ को महामारीमा नेपाल जान चाहने धेरै नेपाली जो अभिभावक हुनुहुन्थियो, एक कार्ययोजना बनाइ तिन वटा जहाजमा सिड्नीबाट नेपाल पठाउने काम गरि थुप्रै नेपाली लाइ राहत दिने पुन्यको काम पनि उनले एनआरएनए संगको सहकार्यमा गरेका थिए।  साथै धेरै नेपाली बिद्यार्थीलाइ कोभिडको महामारीमा राहत वितरण गर्ने , काम नपाएर पिडामा भएकालाइ काम खोजि सहयोग गर्ने, जुवाको लत लागेका  नेपालीलाइ सचेतनामुलक कार्यक्रमको हिस्सा बनाइ मानशिक तवरले नै उनीहरुलाई सफल र सक्षम बनाउन चालेका योगदानको जति प्रसंसा गरे पनि कम हुन्छ।  स्थानिय सरकार संग अन्तरक्रिया गरि नेपाली समुदायलाई आवस्यक सहयोगको लागि भरपुर लबिङ्ग गर्ने काममा पनि उनको योगदान रहदै आइरहेको छ। 

समुदायको प्रगतिको लागि हर सक्दो लागि पर्ने देव गुरुङ्ग आउदै गरेको एनआरएनएको नयाँ कार्यकालको लागि अस्ट्रेलियाको राष्ट्रिय अध्यक्ष पदमा स्वतन्त्र उमेद्ववारि दिने सोचमा छन्।  नेपाली समुदायलाई हरदम सहयोग गर्ने उनि आफु एनआरएनएको राष्ट्रिय अध्यक्ष भय सस्थालाइ व्यवस्थित तरिकाले चलाउने र एनआरएनएमा हाबी भएको राजनीतिलाइ सक्दो कम गर्ने, यो सस्था राजनीति भन्दा काम गर्ने ठाउँ भएकोले नेतृत्वलाई सधै समुदायको हितमा लैजाने कार्ययोजना रहेको गुरुङ्गको भनाइ छ। ३१ बर्ष सेनामा कार्य गरेका देव आफुले गर्ने हरेक काम लाइ पूरा नगरी नछोड्ने प्रवितिका छन्।  समयको महत्वलाइ सदै आत्मसाथ गर्दै अनुशासन, सम्मान र कार्य सम्पन्नतामा विस्वाश गर्ने उनको बानि छ।  बिधार्थी को हक हितका लागि Student Welfare को स्थापना गरि नेपाल बाट अस्ट्रेलिया या अन्य कुनै मुलुक मा पढ्न आउन भन्दा पहिले बिधार्थी र अभिभावक दुबैलाई Departure Training दिने ब्यवस्था मिलाउने योजना उनको छ।  दोहोरो नागरिकताको लागि जे जस्तो कार्य भइ राखेको छ त्यसको बारेमा जानकारी लिइ के कति काम सम्पन्न भएको छ भन्ने बारे जानकारी लिने उनको भनाइ छ। एनआरएनएको राष्ट्रिय कार्यलय बनाउन पहल गर्ने  र हरेक प्रदेशमा नेपाली सामुदायिक भवन बनाउन हर सम्भव प्रयास गर्ने उनको योजना रहेको छ।  

कुरा, भाषण भन्दा निर्णायक काममा विस्वाश गर्ने देव बहादुर गुरुङ्ग भन्छन, नेपाली समुदायले जसरी मलाई सेक्रेटरी र Vice president बनाएर बिस्वाश गर्नु भएको थियो त्यही बिश्वाश लाइ थाती राख्दै आउदै गरेको एन आर एन ए अस्ट्रेलियाको राष्ट्रिय अध्यक्ष पदमा मैले दिने उमेदवारीमा सम्पूर्ण मलाई माया र साथ दिने नेपाली दाजुभाइ, दिदि-बहिनि, आमा-बुवा सबैले साथ दिनु हुनेछ भन्नेमा म बिस्वस्थ छु। हार जित जे भए पनि नेपाली समुदाय लाइ दिने साथ र सहयोगमा कहिलै कमि आउन नदिने बाचा गर्दछु।  

photo credited by FAcebook of Dev Bahadur Gurung

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP