
द्विवार्षिक रूपमा आयोजना हुने यस महोत्सवको यो दोस्रो संस्करण हो। नेपालका भाषा र रीतिरिवाज प्रस्तुत हुने किसिमका प्रदर्शनी, मञ्च कार्यक्रम, खानपान लगायत थुप्रै तयारीहरू जारी रहेको फेस्टिभलका संयोजक भैरव योगीले बताए।
“नेपाल हाउस” एक प्रमुख आकर्षण हुने र “नेपाल हाउस” भनी निर्माण गरिने क्षेत्रलाई आठ भागमा विभाजन गर्दै, प्रत्येक भागमा नेपाली मैलिकता झल्काउने सामग्रीहरू राखिने योजना रहेको जानकारी NRNA- NT Coordinator हेम पुन ले दिए।
“एउटा खण्डमा नेपालको बारेमा जानकारी दिइने सेन्टर जस्तो छ, अर्को खण्डमा हिन्दु तथा अन्य धर्म सम्बन्धी तस्बिर र अन्य सामग्री राखिने छ। त्यस्तै अर्कोमा नेपाली भान्छाका सामग्री, जस्तै ढिकी, जाँतो आदि राख्ने छौँ”, योगीले भने।
त्यस्तै, अन्य खण्डहरूमा नेपाली पोषाक, साङ्गीतिक बाजाहरू, नेपालबाट मगाइएका चित्रकलाहरू प्रदर्शन गरिने छन्।
यस लगायत, यहाँका अस्ट्रेलियाली तथा अन्य पृष्ठभूमिका मानिसहरूलाई नेपाली भाषाको बारेमा जानकारी दिने उद्देश्यले नेपाली अक्षर र शब्दहरूलाई पनि प्रदर्शनीमा राखिने छन्।
“जस्तै, यहाँका कतिपय अस्ट्रेलियन दाजुभाइहरूलाई इटालियन, फ्रेन्च जस्ता भाषाका केही शब्दहरूको जानकारी हुन्छ, त्यसरी नै नेपाली भाषाको जानकारी दिन पनि हामीले स्टल राखेका छौँ”, संयोजक योगीले भने ।
त्यस्तै, नर्दन टेरिटोरी तथा अन्य राज्यका प्रमुख मन्त्री तथा अधिकारीहरूका लागि भिआइपी सेक्सन पनि तयार गरिएको उनले बताए।
“नेपाल फेस्टिभल” एक महोत्सव मात्र नभएर नेपाली समुदायलाई आफ्नो मौलिकतासँग जोड्ने र संस्कृतिलाई जोगाउने एक माध्यम पनि रहेको संयोजक योगी बताउँछन्।
यससँगै, डार्विन र अस्ट्रेलिया भर नेपाली समुदायको जनसङ्ख्या निरन्तर बढिरहेको समयमा यस्ता कार्यक्रमहरूले यहाँ जन्मिएका पिँढीहरूलाई आफ्ना अभिभावकको इतिहासको बारेमा जानकार राख्ने उनको विचार छ।
कोभिड-१९ महामारीका कारण योजनामा रहेका थुप्रै कुराहरू सम्पन्न गर्न नसकेको योगीले बताए; जस्तै, नेपालबाट कुनै कलाकारहरू बोलाउन मिलेन।
राज्य सरकारबाट फेस्टिभलको लागि आर्थिक अनुदान स्वीकृत हुन पनि केही समय लागेको, तर समुदायका सदस्यहरूको सहयोगले यो भव्य महोत्सव सफल हुने आफ्नो विश्वास रहेको उनको भनाइ छ।
यस बाहेक, गैर आवासीय नेपाली सङ्घले नेपालको वर्तमान कोभिड-१९ महामारीमा मद्दत गर्नका लागि आयोजना गरेको आर्थिक सहयोग अभियानको बारेमा महोत्सवमा एक स्टल राखिने योगीले जानकारी दिए।
दस हजारको हाराहारीमा मानिसहरू आउने अनुमान रहेको यस फेस्टिभलमा, कोरोनाभाइरस मुक्त सुरक्षित वातावरण सिर्जना गर्न एक छुट्टै जोखिम व्यवस्थापन टोली खटिएको, र दर्शकहरूले पालना गर्नका लागि निर्देशनहरू सार्वजनिक गरिने पनि उनले बताए।
हरेक काम लाइ पूर्णता दिन टिम वोर्क को ठुलो भूमिका हुने गर्छ। नेपाल फेस्टिभल लाइ सफल बनाउन हरेक काम को बाडफाड गरिएको छ। जसको नेतृत्व गर्ने क्रमिक रुपमा,
० फोटो बुथ को नेतृत्व नबिन भण्डारी
१ नेपाल हाउस इन्ट्रान्स मा शिशिर पराजुली र टिम
२ मन्दिर र भगवान मा राजिब थापा र टिम
३ कुमारी मा सुगम सुवाल र टिम
४ नेपाली संगीत र बध्य्बाधन मा बाशुदेव दुलाल र टिम
५ नेपाली पाठशाला मा श्याम लाल पाण्डे र टिम
६ नेपाली भान्छा, समान मा सुयाना श्रेष्ठ र टिम
७ चित्रकला मा संजिव ढकाल र टिम
८ – UNITE FOR NEPAL/NRNA COVID-19 FUNDRAISING मा नितेश राज पन्त र टिम
अतिथि ब्यवस्थापन को जिम्मा युबराज पन्त को टिम लाइ छ भने,
- Set up, Performances & Back stage मा फिरोज राना
- Gate & Venue Decoration मा सुदिप श्रेष्ठ
- Emcee Management मा रबि नेपाल
- Kids Entertainment Area मा धन शिंग ओली
- Nepal Festival Parade मा सुगम सुवाल
- Volunteer Support Camp (including transportation) मा बाबुराम भट्टराई
- Risk & Gate Management (including COVID-19 Sanitizer & First Aid) मा सुनिल चापागाई
- Food Stall Management मा दिनेश परियार
- Event Observation, Feedback & Record Keeping मा नबिन वाग्ले
- Beer Garden मा संजय गुरुङ
- Financial Reporting मा लक्ष्मन अर्याल
- Music & Sound मा फिरोज राना र श्याम थापा
- Media- news & updates मा पुराखबर अनलाइन मिडिया
- Set Down & Packing मा हेम पुन
यस सबै बीच, डार्विनमा २९ मे शनिबार साँझ चार बजेदेखि हुन गइरहेको यस कार्यक्रमले पर्यटन र आर्थिक क्षेत्रमा ठूलो लाभ पुराउने विश्वास रहेको छ।