कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोनालाई मध्यनजर गर्दै रोकिएका अन्तर्राष्ट्रिय उडानको संख्या बढाउने निर्णय गर्दै मन्त्रिपरिषदलाई प्रस्ताव गरेको हो ।

 

अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि कोरोना संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय बैठकले गरेको छ ।

बैठकले कोरोना जोखिम उच्च देखिएका स्थानको पहिचान गरि निश्चित क्षेत्रमा आवश्यकता अनुसार सिल गरि परिक्षणको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । बैठकमा उपत्यकामा कोरोना संक्रमणको अवस्थाका बारेमा पनि छलफल भएको थियो ।

बैठकले उपत्यकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ भने मेयर फोरमको सुझाव दिएअनुसार उपत्यकामा लकडाउन वा सील गर्ने कुनै सम्भावना भने नभएको सीसीएमसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP