सोमबार , अषोज २६, २०८३

अष्ट्रेलियाले सन् २०२२ को मध्यभन्दा अघि आफ्नो अन्तर्राष्ट्रिय सीमा नखुल्ने दोहोर्‍याएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आफूहरुले स्वास्थ्यसम्बन्धी सुझावअनुसार नै यो निर्णय गरेको बताएका छन् । पछिल्लो समय अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय सीमा खोल्न दबाव बढेको छ ।

सन् २०२० को मार्चमा अष्ट्रेलियाले आफ्नो सीमा अन्य मुलुकका र अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति नपाएका नागरिकको लागि बन्द गरेको थियो । त्यसयता निकै कम मानिसहरु मात्र अष्ट्रेलिया आउन पाएका छन् । जसमा धेरैजसो अन्य मुलुकमा रहेका अष्ट्रेलियाका नागरिक छन् ।

अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्रिडेनबर्गले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा अन्तर्राष्ट्रिय सीमा बन्द राख्न दिइएको स्वास्थ्य सुझावले अष्ट्रेलिया अहिले विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बचेको बताएका छन् ।

गत साता अष्ट्रेलियाले सीमा खोल्ने योजना अघि सारेको थियो । तर, उक्त योजनामा प्रधानमन्त्री मौरिसनकै पार्टीका नेताहरुले विरोध जनाएका थिए । सीमा बन्द गर्ने निर्णय पनि अस्थायी हुनुपर्नेमा धेरै लामो समयसम्म सीमा बन्द हुन लागेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

यस वर्षको अन्तिमसम्ममा आफ्ना सबै नागरिकलाई कोरोना खोप लगाउने अष्ट्रेलियाको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP