सोमबार , अषोज २६, २०८३

एनआरएन अस्ट्रेलियाले कोभिडको कहरसँग जुधिरहेको नेपाली जनताको राहतको लागि १ सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने भएको छ।

‘हामीले हिजै चिनको ग्वान्जाओमा नेपाल पठाउनका लागि १ सय थान कन्सन्ट्रेटर किन्ने प्रकृया अगाडि बढाइसकेका छौ, अब नेपाल सरकार र एनआरएन केन्द्रसँंग समन्वय गरेर नेपाल पठाउने तयारीमा जुट्छौ’, एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले सेतोपाटीसँग भने।

नेपालमा कोरोनाको प्रभाव हवात्तै बढेपछि अक्सिजनको अभावमा नागरिकले अकालमै ज्यान गुमाउन नपरोस् भनेर अष्ट्रेलियमा सहयोग संकलन पनि सुरू गरेको कँडेलले बताए।

‘सहयोग संकलन हुँदै गर्दा आवश्यक रहेको सामान भने पठाइहालौं भन्ने सबै साथीभाइको सल्लाह अनुसार करीब एक करोड हाराहारीको लागतमा यो सहयोग नेपाल पठाउने तयारी गरेको अध्यक्ष कँडेलले जानकारी दिए।

हालसम्म एनआरएन अस्ट्रेलियाको यस परोपकारी सहयोग कोषमा लगभग ३७ हजार डलर सहयोग संकलन भइसकेको छ। ‘हामीले नेपाली एक करोडको लक्ष्य राखेका छौ, एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले भने, ‘अहिलेसम्म करीब ३७ हजार डलर उठिसकेको छ।’

कोभिड उपचारको लागि अत्यन्तै महत्वपूर्ण मानिएको अक्सिजन कन्सन्ट्रेटर अहिलेको प्रमुख आवश्यकता देखिएको छ।

‘मुलुक पीडामा छटपटिएको बेला सबैभन्दा पहिलो मलम लगाउने काम गर्नुपर्छ भन्ने हाम्रो ध्येय हो र यसैकारण सहयोग उठ्दै गर्दा सामाग्री भने नेपाल पठाइहालौं भन्ने निर्णय गरेका हौं’, एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले भने।

यसका लागि एनआरएन केन्द्रीय कार्यालयसँंग समन्वय गरेर अगाडि बढने र छिटोभन्दा छिटो आवश्यक स्थानमा सहयोग पुगोस् भन्ने हेतुका साथ खरीद प्रकृयासमेत अगाडि बढाइएको डा. रेग्मीले बताए।

यस बाहेक अस्ट्रेलियाबाट विभिन्न संघ संस्थाहरुले आ-आफ्नो तवरले स्थानिय निकायसँंग मिलेर सहयोग अगाडि बढाइरहेका छन्। भर्खरै मात्र चितवन समाज अस्ट्रेलियाले जिल्लामा पचास वटा अक्सिजन सिलिन्डर प्रदान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP