मंगलबार , जेठ २१, २०८२

एजेन्सी- नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ।

एनसीबीले दुबैजनालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार एनसीबीले भारतीको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको घरमा गाँजासमेत भेटिएको बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीका श्रीमान् हर्षलाई एनसीबीले आफ्नै गाडीमा राखेर सोधपुछका लागि लगेको थियो। भारती भने पछि आफ्नै गाडीमा गएकी थिइन्।

भारतीले आफूलाई केवल सोधपुछको लागि बोलाइएको प्रतिक्रिया दिएकी छन्। भारती र हर्षमाथि लागुऔषध सेवन गर्ने गरेको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP