तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि ‘गर्भवती महिलालाई उपहारै उपहारको ब्यवस्था गरेको छ ।

नगरपालिकाले गत वर्षबाट सुरु गरेको नगरपालिकाको गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रमलाई थप प्रभावकारी बनाउदै निरन्तरता दिन परिमार्जनसहित चालू आर्थिक वर्षमा उपहारको ब्यवस्था गरेको हो ।

परिमार्जित कार्यक्रम अनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था मिलाइएको छ ।
जसअनुसार गर्भवती महिलाले ४ महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमुलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, ८ महिनामा सरसफाई सेट र ९ महिनामा मसला सेट प्राप्त गर्नेछन् ।

यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलाले शिशु–स्याहार सेट तथा संघीय सरकारले उपलब्ध गराउने यातायात रकमको अतिरिक्त थप एक हजार रुपैंयाँ प्रोत्साहन रकम प्राप्त गर्नेछन् ।

यस्तै नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने आइरन चक्कीसँगै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर गर्भवती महिलालाई निःशुल्क रुपमा क्यालसियम समेत दिने गरेको छ ।

आइतबार मधवलिया स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुलाई नगर प्रमुख बासुदेव घिमिरेले उपहार सेट प्रदान गरी कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा बोलदै नगर प्रमुख घिमिरेले स्वास्थ्य नैं मानिसको पहिलो धन भएकोले नागरिकको स्वास्थ्य सेवा प्रवद्र्धनको लागि यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

घिमिरेले नगरभित्रका सरकारी स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै उहाँले त्यसको लाभ उठाउन नगरबासीलाई आग्रह गर्दै सरकारी स्वास्थ्य संस्थामा पनि गुणस्तरीय सेवा पाइन्छ भन्ने कुराको अनुभूति गर्नेगरी काम भैरहेको दावी गरे छ

नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले गर्भावस्था विशेषावस्था भएकोले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार, सरसफाई आवश्यक हुनेहुँदा त्यसको सन्देश प्रवाहको लागि कार्यक्रम सुरु गरिएको बताईन ।

यो कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्यमा विशेष ख्याल राख्न सबैको ध्यानाकर्षण गराउने र त्यसबाट गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य राम्रो हुने विश्वास छ चौधरीले भनीन ।

कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको संख्यामा वृद्धि भइ मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा मिल्ने चौधरीले थपिन ।
नगरपालिका भित्रका वार्षिक तीन हजार महिलाले गर्भवती सेवा लिने गरेको तथ्यांक छ । यो कार्यक्रमले सरकारी स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउने नगरपालिकाको भनाइ छ ।
नगर स्वास्थ्य शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार हाल नगरका दुईवटा स्वास्थ्य संस्थाबाट ४ सय आमालाई वार्षिक रुपमा सुत्केरी सेवा प्रदान हुंदै आएको छ । अरु महिलाहरु बुटवल तथा तिलोत्तमाका सरकारी तथा निजी अस्पतालहरुमा जाने गरेका छन्।

विगतदेखि नै सेमरा बजार र आनन्दवन स्वास्थ्य चौकी बर्थिङ सेन्टरको रुपमा संचालन भईरहेकोले नगरका सबै सुत्केरी हुने महिलालाई सेवा दिन सकिने पौडेलले बताए । पौडेलले तिलोत्तमामा घरमा सुत्केरी हुनेको संख्या भने शुन्य रहेको जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाले ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ कार्यक्रम नगरका सबै सरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जनाएको छ । सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार हाल तिलोत्तमाका १४ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् ।

गर्भवती महिलालाई पहिलो जाँचमा उपलब्ध गराइने सन्देशमुलक क्यालेण्डरमा खोप, आइरन चक्की, क्यालसियम चक्की, गर्भ जाँचलगायतका विषयमा रुजुसूचीको साथैं गर्भावस्थामा गर्नुपर्ने सावधानीको विषयमा जानकारी गराइएको छ । यो क्यालेण्डर गर्भवती महिलाको घरमा सबैले देख्नेगरी राख्न लगाइने स्वास्थ्य शाखाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP