शनिबार , जेठ २५, २०८२

साक्षात भविष्य सूचकको रुपमा प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । आज( मंगलवार ) दिउँसो १:४३ बजेदेखि भीमेश्वरको शिलामा पसिना आउन सुरु भएको छ ।

भीमेश्वर मन्दिरको शीलामा १८ औं पटक ‘पसिना’ आएको छ । मन्दिरको शिलामा पसिना आएपछि दर्शनार्थीहरुको भिड लाग्न सुरु भएको छ । भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अनिष्ट वा सकारात्मक परिवर्तन हुन्छ भन्ने जनविस्वास छ । पसिना आएपछि राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा गराउने चलन छ ।

शिलामा पसिना आउने क्रम जारी छ । शिलामा पसिना आएपछि अनिष्ट नहोस् भन्ने कामना गर्दै स्थानीय र भक्तजनहरु भेला भई घण्टा, नगरा बजाउने र शिलालाई चम्मरले हम्किरहेका छन् । शिलामा आएको पसिना कपासले पुछ्दै दर्शनार्थीहरुलाई दिने गरिन्छ ।

यसपटक कोरोना महामारीका कारण मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप रोक लगाईएको समयमा मन्दिरको शिलामा पसिना आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


TOP