सोमबार , अषोज २६, २०८३

साक्षात भविष्य सूचकको रुपमा प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । आज( मंगलवार ) दिउँसो १:४३ बजेदेखि भीमेश्वरको शिलामा पसिना आउन सुरु भएको छ ।

भीमेश्वर मन्दिरको शीलामा १८ औं पटक ‘पसिना’ आएको छ । मन्दिरको शिलामा पसिना आएपछि दर्शनार्थीहरुको भिड लाग्न सुरु भएको छ । भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अनिष्ट वा सकारात्मक परिवर्तन हुन्छ भन्ने जनविस्वास छ । पसिना आएपछि राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा गराउने चलन छ ।

शिलामा पसिना आउने क्रम जारी छ । शिलामा पसिना आएपछि अनिष्ट नहोस् भन्ने कामना गर्दै स्थानीय र भक्तजनहरु भेला भई घण्टा, नगरा बजाउने र शिलालाई चम्मरले हम्किरहेका छन् । शिलामा आएको पसिना कपासले पुछ्दै दर्शनार्थीहरुलाई दिने गरिन्छ ।

यसपटक कोरोना महामारीका कारण मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप रोक लगाईएको समयमा मन्दिरको शिलामा पसिना आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP