सोमबार , चैत्र २४, २०८१

काठमाडौँ । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मंगलबार दिउँसो बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका१० बुड्डा भन्ने स्थानमा दुर्घटनामा परेको हो । जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा सुर्नया गाउँपालिकाका ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिकाका ७५ वर्षीय भगीरथ पाण्डेय, सोही नगरपालिकाका ७० वर्षीया पार्वतीदेवी चन्द, ७२ वर्षीया अर्की पार्वतीदेवी चन्द, र ५८ वर्षीय कृष्णलाल लावड रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । फरार चालकको खोजी भइरहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP