चिरन बराल

बुटवल । तिनाउ नदी र दानव नदीको दीर्घकालीन व्यवस्थापन तथा पर्यटनको विकासका लागि नदी किनारमा सडक निर्माणको काम सुरु हुनैलाग्दा त्यस क्षेत्रमा पर्ने घर-टहराहरुको भने व्यवस्थापन भएको छैन । तिनाउ तथा दानव नदी किनारमा निर्माण गरिने करिडोरका लागि काम सुरु हुनुपूर्व नै त्यस क्षेत्रमा पर्ने घर-टहराहरु हटाउने प्रतिवद्धता गरेका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका तथा सैनामैना नगरपालिकाले समयमै काम सुरु गर्न सकेका छैनन् ।

तिनाउ र दानव नदीको दायाँबायाँ निर्माण हुने दुई लेनको सडकका लागि त्यहाँ रहेका घर-टहरा हटाउने गरी लिखित प्रतिवद्धता जनाएका ती निकायहरुले काम सुरु हुनैलाग्दा पनि व्यवस्थापन नगर्दा काममा अवरोध आउन सक्ने चिन्ता बढेको हो । ‘सडक निर्माणको काम सुरु हुनपूर्व नै त्यहाँ रहेका जग्गा विवाद तथा घर-टहरा हटाउने गरी बुटवल उपमहानगरसहित तिलोत्तमा र सैनामैलाले लिखित प्रतिवद्धता जनाएका थिए ।’-ग्लोबल आवाजसँग कुरा गर्दै सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर कृष्णबहादुर कुँवरले भने ‘सबैभन्दा बढी समस्या बुटवल उपमहानगरमा छ, किनकी त्यहाँ नै धेरै घर-टहरा तथा जग्गाधनीलाई विस्तापित गर्नुपर्ने हुन्छ ।’

संघीय सरकारको लगानीमा निर्माण हुन लागेको करिडोरका लागि ७ सय ५ घर-टहरा विस्थापित गर्नुपर्ने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । तिनाउ र दानव नदीको वारपार ५० किलोमिटर करिडोर निर्माणका लागि ४५ हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ । करिडोर क्षेत्रमा जग्गा तथा मुआब्जाको समस्या नरहेको स्थानीय निकायहरुले बताएपनि देविनगर तथा बुद्धनगर क्षेत्रमा भएका बस्तिहरुले समस्या ल्याउन सक्ने कार्याललय बताएको छ ।

निर्माण गर्न लागिएको सडकको अधिकांश भाग बुटवल उपमहानगरपालिकाको सबैभन्दा बढी जनघनत्व रहेको वडा नम्बर ११ मा पर्दछ । अधिकांश सुकुम्बासी बस्ति रहेको त्यस क्षेत्रमा जग्गा तथा बस्ति व्यवस्थापनका लागि बुटवल उपमहानगरले काम गरिरहेको बताएपनि सन्तोषजनक भने देखिदैन । ‘बस्ति व्यवस्थापनका लागि जग्गा नापजापको काम भइरहेको छ, सडक क्षेत्रमा पर्नेहरुलाई अन्य ठाउँमा जग्गा व्यवस्थापन गर्नेगरी काम भइरहेको छ ।’-बुटवल उपमहानगरका मेयर सिबराज सुवेदीले भने-‘के कति घर-टहरा तथा जग्गाधनी विस्तापित हुन्छन् भन्ने हामीले तथ्याङ्क निकल्दै छौं, सोही क्षेत्रमा रहेका केही खाली जग्गा वा अन्यत्र उनीहरुलाई व्यवस्था गर्छौ ।’

बुटवल उपमहानगरमा रहेका अव्यवस्थित वस्तिहरुलाई व्यवस्थित गर्नका लागि दुई विगाह क्षत्रफलको जमिन समेत व्यवस्था भइसकेको बताउने उपहानगरले समयमा नै तिनाउ करिडोरका बस्ति व्यवस्थापन गर्न नसक्दा समयमा योजना सम्पन्न गर्न समस्या पर्ने सरोकारवालाहरु बताउँछन् । नदीको दीर्घकालीन व्यवस्थापन र प्रयटनको विकासका लागि भन्दै तिनाउ करिडोर निर्माण थालिएको हो । पहिलो चरणमा ५० किलोमिटर सडकको डिपिआर तयार भई काम सुरु हुन लागेको हो । तिनाउ नदीको वारपार गरी ३५ किलोमिटर र दानव नदीको वारपार गरी १५ किमिमा सडक निर्माण गरिनेछ । यसमध्ये तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किमिका लागि ठेक्का लागेको डिभिजन सडक कार्यालय बुटवलका प्रवक्ता कृष्णबहादुर कुँवरले बताए ।

यसैगरी सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले आफ्नो नगर क्षेत्रमा पर्ने करिडोरमा खासै बस्ति नभएको हुँदा समस्या नहुने बताए । ‘कही एक/दुई घर टहरा तथा जग्गाहरु हुन सक्छन् तर, ती सबैको समाधान गर्छौं, सडक निर्माणमा हाम्रो तर्फबाट कुनै बाधा हुँदैन ।’-उनले भने । तिलोत्तमा नगरपालिकाले पनि आफ्नो क्षेत्रमा धेरै बस्ति नपर्ने बताउँदै समस्या नहुने दाबी गरेको छ । ‘वृस्तित अध्ययन प्रतिवेदन हेरेर यदी कहीँ त्यस्तो समस्या छ भने छिट्टै समाधानमा लाग्छौ’-नगरका प्रवक्ता सुरेन्द्र श्रीले भने ‘अधिकांश ठाउँमा सार्वजनिक जग्गा नै भएको हुँदा हाम्रोमा त्यति समस्या छैन ।’

तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँको ठेक्का छ । असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा सक्ने सम्झौता छ । सम्झौताअनुसार किराँतेश्वर मैनाचुली अविसा जेवीले तिनाउ क्षेत्रको काम गर्ने छ भने लामा बानियाँ जेवीले दानव नदी क्षेत्रको काम गर्ने छ ।

ठेक्का भएको तिनाउपट्टि बुटवल उपमहानगर बसपार्कपछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगरघाटसम्म र दानवपट्टि बेलवासको झोलुंगे पुलदेखि नयाँ गाउँको पुलसम्म काम हुने छ । करिडोर निर्माणका लागि २ वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । त्यसले ५० किलोमिटर करिडोर निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लाग्ने देखाएको छ ।

डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ । पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली क्षेत्र बनाइनेछ । त्यसको छेउमा ७/७ मिटरको दुई लेन सडक हुनेछ । सडकको छेउमा फुटपाथ बनाइनेछ । करिडोर निर्माणका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि बुधबार योजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP