सोमबार , अषोज २६, २०८३

सबिन बराल / डार्विन 

२०१२ देखि हरेक प्रकारको भिसा सम्बन्धी सेवा र शुबिधा दिदै आएको एक परिचित नाम हो  केबिए ग्लोबल। 

अस्ट्रेलियाको डार्विनमा मुख्य कार्यलय रहेको यस सस्थाको हाल सम्म अस्ट्रेलिया भित्र ६, नेपालमा ५ र फिलिपिन्समा १ गरि १२ ओटा शाखा रहेको छ।  हालसालै IHBC Darwin ले आफ्ना सयौ एजेन्ट मध्य बाट सबै भन्दा धेरै बिद्यार्थी भर्ना गराउन सफल भएकोले केबिए ग्लोबललाइ उत्कृस्ट कार्यको मुल्यांकन गर्दै मायाको चिनो प्रदान गरेको छ।  यो सफलताको सम्पूर्ण श्रेय आफ्नो टिमलाई दिदै निर्देशक शम्भु कंडेलले सबैलाई बधाई संगै शुभकामना व्यक्त गर्नु भयो। उनले रिजनल माईग्रेसनको क्षेत्रमा आफुलाई प्रमाणित गरिसकेका छन् ।

 

माईग्रेसन, फेमिली र प्रोपर्टी सम्बन्धी समस्याको कानूनी समाधान : केबिए लिगल 

पछिल्लो समयमा केबीए लिगलले आफ्नो सेवाग्राहीहरुलाई छुट्टै अनुभवका साथ कानूनी सहायता पनि उपलब्ध गराउने जनाएको छ । प्रोपर्टी, फेमिली र माईग्रेसन सम्बन्धी समस्याहरुमा कानूनी सहायताका लागि सदैव तयार रहेको र आफुहरुको सेवा सहजै प्राप्त गर्न सकिने, सर्वसुलभ र छिटो हुने कम्पनीले जनाएको छ । साथै उसले प्रविधिको प्रयोगमार्फत ईडकुमेन्टसको अवधारणामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीको निर्देशक तथा प्रिन्सिपल सोलिसिटर डेभिड स्केपीभ्की अनुभवी कानून व्यवसायी हुन् । उनी समस्याहरुको गहिरो अध्ययनका साथ अष्ट्रेलियामा तीस वर्षको अनुभव संगालेका कानून व्यवसायी हुन् । संयोजनकारी भूमिकामा रहेका कम्पनीका अर्का निर्देशक शम्भु कँडेल सफल व्यवसायीको परिचय बनाएका नेपाली हुन् ।

यस्तै पार्टनर सोलिसिटरको रुपमा क्लाउडिया स्काफले पनि केबीए लिगलको टिममा आबद्धता जनाएकी छिन् । उनी मुख्यत फेमिली ल, प्रोपर्टी लका विषयमा आफ्नो सेवा केन्द्रित गर्दछिन् ।

केबीए लिगलका निर्देशक शम्भु कँडेलले कुनैपनि कानूनी सहायताका लागि आफुहरु सदैव तत्पर रहेको जानकारी दिए ।
केबीए लिगलको सेवा अष्ट्रेलियाभरि प्राप्त गर्न सकिनेछ । अहिलेलाई कार्यालय भने सिड्नी र डार्विनमा सञ्चालित छ । केबीए लिगलको वेसाईट मा गएर निःशुल्क प्रारम्भिक परामर्श प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

News And Pic source: MNTVOnline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP