शनिबार , जेठ २५, २०८२

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको रिक्त राजदूत पदमा नेपालको परराष्ट्र मन्त्रालयले सुम्निमा तुलाधरलाई प्रसताव गरेको छ । केही दिन अघि राजदूत महेशराज दाहाललाई फिर्ता बोलाउने निर्णय भएको थियो । सरकार गठन भएलगत्तै पदभार ग्रहण गर्ने कार्यसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अष्ट्रेलियाको राजदूतको रुपमा तुलाधरलाई प्रस्ताव गरिएको जानकारी दिएका हुन् ।

एग्रिमोका लागि अष्ट्रेलियन सरकारकोमा पठाउने र त्यसपछि संसदीय सुनवाई पश्चात राष्ट्रपतिले राजदूत नियुक्त गर्ने चलन छ ।

सरकारले विजुली गतिमा राजदूत फिर्ता बोलाउने र अर्को पठाउने कार्य अघि बढाएको छ । तुलाधर वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलधरकी छोरी हुन् । उनी राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य एवं मानवअधिकारवादी नेता गौरी प्रधानकी श्रीमती पनि हुन् ।

नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्ने सिविनमा समेत उनी आबद्ध छिन् । तुलाधर नियुक्त भएमा उनी अष्ट्रेलियाका लागि दोश्रो महिला राजदूत हुनेछिन् । यसअघि लक्की शेर्पाले अष्ट्रेलियाको राजदूतको रुपमा केही वर्ष काम गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP