सोमबार , अषोज २६, २०८३

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको रिक्त राजदूत पदमा नेपालको परराष्ट्र मन्त्रालयले सुम्निमा तुलाधरलाई प्रसताव गरेको छ । केही दिन अघि राजदूत महेशराज दाहाललाई फिर्ता बोलाउने निर्णय भएको थियो । सरकार गठन भएलगत्तै पदभार ग्रहण गर्ने कार्यसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अष्ट्रेलियाको राजदूतको रुपमा तुलाधरलाई प्रस्ताव गरिएको जानकारी दिएका हुन् ।

एग्रिमोका लागि अष्ट्रेलियन सरकारकोमा पठाउने र त्यसपछि संसदीय सुनवाई पश्चात राष्ट्रपतिले राजदूत नियुक्त गर्ने चलन छ ।

सरकारले विजुली गतिमा राजदूत फिर्ता बोलाउने र अर्को पठाउने कार्य अघि बढाएको छ । तुलाधर वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलधरकी छोरी हुन् । उनी राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य एवं मानवअधिकारवादी नेता गौरी प्रधानकी श्रीमती पनि हुन् ।

नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्ने सिविनमा समेत उनी आबद्ध छिन् । तुलाधर नियुक्त भएमा उनी अष्ट्रेलियाका लागि दोश्रो महिला राजदूत हुनेछिन् । यसअघि लक्की शेर्पाले अष्ट्रेलियाको राजदूतको रुपमा केही वर्ष काम गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP