सोमबार , अषोज २६, २०८३

सबिन बराल/ डार्विन,

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा मे २९ २०२१ को दिन डार्विन शहरको वाटर फ्रन्ट मा हुन गहिरहेको नेपाल फेस्टिबल २०२१ को प्रमोसनको लागि शनिबार Casuarinasquare सपिङ्ग सेन्टर भित्र रहेको फुड कोर्टमा एक सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रम दिउसो १२ बजे देखि १२:३० सम्म चलेको थियो। ३० मिनेटको कार्येक्रममा छ जनालेनेपाली कला सस्कृति झल्काउने खालको नृत्य प्रदशन गरेका थिए।

प्रस्तुति दिनेमा अनुस्का महर्जनले नेवारी नृत्य, कल्पना पाण्डेयले झ्याउरे नृत्य, कृषा पौडेल, अञ्जना गिरि, सुजाता घिमिरे र आर्या एसीले बिभिन्न नेपाली गीतमा आफ्नो कला प्रदशन  गरेका थिए ।

कार्यक्रम गर्नको लागि स्थानको ब्वस्था गरेकोमा Casuarinasquare सपिङ्ग सेन्टर लाइ धेरै धेरै धन्यबाद दिदै NRNA-NT उपाध्यक्ष साथै नेपाल फेस्टिभलका इभेन्ट कोडीनेटर भैरब योगीले कार्यक्रम संचालन गर्दै उपस्थीत सबै वर्ग र समुदयका व्यक्ति हरुलाई मे २९ मा हुन गहिरकेको फेस्टिबलमा आफ्नो उपस्थिति जनाउन आग्रह साथै निम्तो दिनु भएको थियो । उपस्थित सबै दर्शकले प्रस्तुतिको तारिफ गरेका थिए भने कार्यक्रम प्रति एकदम सकारात्मक प्रतिक्रिया दिएका थिए।

नर्दन टेरोट्री राज्य सरकार र वाटर फ्रन्टको बिशेष सहयोगमा, AKRON र Sydney city College of Management को प्रयोजन(Mt.Everest) र  KBA GLOBAL को सह – प्रयोजनमा (Mt.Kanchanjunga) नेपाल फेस्टिभल २०२१ हुन लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP