मंगलबार , जेठ २१, २०८२

बुटवल । मलाइका र अर्जुन धेरै समयदेखि सम्बन्धमा छन् । केही दिन अघि फ्यानहरूसँग कुराकानीको क्रममा अर्जुनलाई मलाइकासँग बिहे गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गरिएको थियो । यसको जवाफमा अर्जुनले भनेका थिए, ‘जब म विवाह गर्छु, म सबैलाई भन्नेछु ।

अहिले विवाहको लागि कुनै योजना छैन र यदि मैले अहिले नै विवाह गर्ने विचार गरें भने पनि त्यस्तो समयमा सम्भव छैन । हामी दुबैले विवाहको बारेमा सोचेका छैनौं । तर जस्तो म सधैं भन्छु जब म विवाह गर्छु, म भन्नेछु । हामी केहि पनि लुकाउँदैनौं, तर सबैलाई बताउँछौं र विवाह गर्नेछौं ।’

यस बाहेक, अर्जुनलाई फ्यानले सोधेका थिए कि मलाइका अरु भन्दा कसरी फरक छ । यसमा अभिनेताले जवाफ दिदैँ भनेका थिए, ‘जब तपाईं कसैलाई प्रेम गर्नुहुन्छ, यो प्रश्नको उत्तर दिन गाह्रो हुन्छ किनकि केवल एक चीजले तिनीहरूलाई अरूबाट अलग गर्दैन । बरु यसले धेरै चीज गर्दछ ।

मलाई लाग्छ मलाइकाले मलाई बुझ्छिन् र उनी मसँग अत्यन्तै धैर्यवान छिन् । म एक व्यक्ति हुँ जोसँग बस्न धेरै गाह्रो हुन सक्छ । म कुनै पनि हिसाबले आराम गर्न सक्दिन । यस्तो अवस्थामा, मलाइकाको धैर्यता पनि मेरो लागि ठूलो हो ।’ यहाँलाई जानकारी गराऔँ अर्जुनभन्दा मलाइका १२ बर्ष जेठि छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP