शनिबार , भाद्र १३, २०८३

मकवानपुर । नेकपा एमालेभित्र केपी शर्मा ओली र माधवकुमार नेपालबीच चोचोमोचो मिलेसँगै जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचन प्रभावित हुने भएको छ । काँग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनाइएका डा. खिमलाल देवकोटालाई माधव नेपाल समूहले भोट दिन्छ कि धोका दिन्छ ? अहिले वागमती प्रदेशमा यो प्रश्नले चर्चा पाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पार्टी एकता कायम राख्न जेठ २ गतेको स्थितिमा फर्कने गरी उधारो सहमति भएको छ । तर, केन्द्रीय राजनीतिको यो समीकरणले राष्ट्रियसभाको उपनिर्वाचनमा प्रभाव पर्ने स्पष्ट देखिएको छ ।

जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । माधव नेपाल समूहले एमाले निकट बुद्धिजीवी डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएको छ । तर,नेकपा एमालेको केन्द्रीय राजनीतिमा फेरबदल आएपछि राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार डा. देवकोटा समस्या पर्ने आकलन गर्न थालिएको छ ।

उम्मेदवारीमाथि पुनर्विचार हुँदैन : देवकोटा

डा. देवकोटाले भने कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरूको समर्थन आफूलाई रहेकाले उम्मेदवारी कायम रहने उल्लेख गरेका छन् ।

आफूलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताले पनि पूर्ण विश्वास र सद्भाव राख्ने भएकाले उम्मेदवारीमाथि पुनर्विचार गर्ने कुरा कल्पनाभन्दा बाहिर भएको उनले बताएका छन् । रातोपाटीसँग कुरा गर्दै डा. देवकोटाले राजनीतिक घटनाक्रमका कारण शुभचिन्तक एवं मतदाताहरुले आफ्नो उम्मेदवारीको विषयमा जिज्ञासा राख्नु स्वाभाविक भएको बताए ।

‘मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि राजनीतिक दलहरु विभाजित हुनुहुँदैन’ देवकोटाले भने, ‘राजनीतिक पार्टी नीति, विधि र पद्दतिमा चल्नुपर्छ । मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरूको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुनर्विचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP