यी ८ जनाको ज्यान गयो:माथिल्लो लहरमा बायाँबाट अनिता निरौला, विनिता तामाङ, कृतिका कँडेल, राजु नेपाल र, तल्लो लाइनमा रायन कँडेल, शेरबहादुर गुरुङ, सुरेखा कँडेल, युवराज कँडेल

हङकङमा गत आइतबार राति भएको आगलागीमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया सुरेखा कँडेलको शुक्रबार साँझ निधन भएको छ।

हङकङको जोर्डनस्थित नेपाली रेष्टुरेन्टमा गत आइतबार राति भएको आगलागीमा ज्यान गुमाउने सुरेखा आठौं नेपाली हुन्।

आगलागीमा परेका ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राज बाबु नेपाल, ९ वर्षीय रायन नेपाल, ३२ वर्षीया अनिता निरौला, ३९ वर्षीय शेरबहादुर गुरुङ र ४० वर्षीया विनिता तामाङको त्यहि रात ज्यान गएको थियो।

आगलागीमा परेर ११ जना घाइते भएका थिए। आगलागीमा परेर गम्भीर घाइते भएकी सुरेखाको उपचार जोर्डनकै क्वीन एलिजावेथ अस्पतालमा भइरहेको थियो। घटना भएको पाँच दिनपछि शुक्रबार साँझ उनको निधन भएको हो।

सुरेखाको मृत्युसँगै यो घटनामा एउटै परिवारबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। तीन वर्षीय छोराको जन्मदिन मनाउन भेला भएका बागलुङका युवराज कँडेलको परिवारका उनीसहित उनकी छोरी कृतिका, ज्वाइँ राजबाबु नेपाल र भान्जा रायन नेपालको त्यहि राति ज्यान गएको थियो।

सुरेखा युवराजका भाइ कृष्णबहादुर कँडेलकी छोरी हुन्। गम्भीर अवस्थामै रहेका कृष्णबहादुर कँडेल र उनकी श्रमति देविका कँडेलको पनि क्वीन एलिजावेथ अस्पतालमै उपचार भइरहेको छ भने १३ वर्षीय छोरा सालिग्राम कँडेल चाइ वान अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP