मंगलबार , बैसाख २९, २०८३

गैर आवासीय नेपाली सस्था, नर्दन टेरोट्री(NRNA-NT)ले २०२१ मे को २९ तारिखमा नेपाल फेस्टिभल २०२१ को आयोजना गर्ने भएको छ। यस सस्थाले यो कार्यक्रम दोस्रो पटक गर्न लागेको हो।  पहिलो नेपाल फेस्टिभल २०१८  मा तत्कालिन NRNA कोडीनेटर हरि रिजाल र NANT प्रेसिडेन्ट सुदिप श्रेष्ठको सक्रियतामा सम्पन भएको थियो। केहि समयको अन्तरालपछि  पहिलेको कार्यक्रमलाइ मध्य नजर गर्दै अब गरिने कार्यक्रम अझ बिशाल र ब्यवस्थित  तरिकाले गराउन एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।  २०२१ मे ११ मंगलबारको दिन NRNA- NT र NANT का हाल र भूतपूर्व सदस्यहरु संगै डार्विनमा रहदै आउनु भएका नेपाली, जो ब्यवसायीक र सस्थागत रुपमा यस क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको छ, वहाहरुको उपस्थितिमा उक्त कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे अन्तरक्रिया सम्पन्न भएको  छ।

NRNA- NT का बर्तमान कोडिनेटर हेम पुन को अध्यक्षतामा बसेको अन्तरक्रिया कार्यक्रममा नेपाल फेस्टिभल हुने स्थानको जानकारी संगै पहिलो चरणको कार्य बिभाजन गरिएको थियो। यो नेपाल फेस्टिभल सबै नेपाल र नेपालीको पहिचानको लागि गर्न लागिएको र डार्विनमा रहने हरेक नेपालीले यो हाम्रो कार्यक्रम हो भनेर हातमा हात मिलाएर आगाडी बढे अवस्य पनि यो कार्यक्रम सफल हुने र आफुलाई टिम वोर्क मा विस्वाश भएकोले पनि हरेक ब्यक्तिको अनुभब लिन यो अन्तरक्रिया राखिएको जानकारी कोडिनेटर हेम पुनले दिनु भयो। 

कार्यक्रम बारे बिस्तृत जानकारी दिदै NRNA- NT का भाइस कोडिनेटर साथै नेपाल फेस्टिभल २०२१ का प्रोग्राम कोडिनेटर भैरब योगीले कार्यक्रमलाई एकदम भब्य र ब्यवस्थित गराउन अग्रजको सल्लाह सुझाब लिन र कसलाई कुन कार्यभार सुम्पिदा कार्यक्रम अझ प्रभावकारी गराउन सकिन्छ भन्ने उदेश्यले यो भेटघाटको आयोजना गरिएको जानकारी दिनु भयो। नेपालको वर्तमान स्थितिलाई मध्य नजर गर्दै,  कोभिड १९ को चपेटमा परेको नेपाललाई सहयोग गर्न NRNA को केन्द्रिय गो फण्डमा मै जम्मा हुने गरि आर्थिक सहयोगको लागि अपिल पनि गर्नु भयो। देश रोइरहेको बेला यहाँको नेपाली समुदाय रमाइलोमा भन्दा पनि, सहयोगको लागि अग्रसर रहेको जनकारी दिनु भयो। केही रमाइलो त अवस्य होला तर रमाइलो संगै नेपालको लागि भरपुर आर्थिक सहयोग जुटाउनेमा आफू बिस्वस्त रहको जानकारी पनि वहाले दिनु भयो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बाबुराम भट्टराईले कुनै पनि कार्य गर्दा ब्यक्तिगत फाइदा भन्दा सस्थाको फाइदा हुने काममा जोड दिनु पर्ने र नेपाल आहिले कोभिड १९ को चपेटामा परेको र  यहाका नेपालीले रमाइलो कार्यक्रम गर्दा नेपालको अवस्थालाई पनि ध्यानमा राखी मिलाएर  अगाडी बढ्नपर्नेमा जोड दिनु भयो।

त्यस्तै उधमी शम्भु कंडेल भन्नु हुन्छ, युवा जोश र जागरको साथ गर्न लागिएको यो कार्यक्रममा कहिँ कतै भएका  ब्यक्तिगत इगोलाइ पर राखेर  नेतृत्वदाहि भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो।

कार्यक्रममा NANT अध्यक्ष युवराज पन्त, साथै नितेश राज पन्त, राजिब थापा , संजिव ढकाल, धन शिंग ओली, बासु दुलाल, लक्ष्मन अर्याल, श्याम थापा, राजन बस्नेत, सुनोध, सुनिल चापागाई लगाएतले कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबदता ब्यक्त गर्नु भयो।  

कार्यक्रममा भर्चुअल माध्यम बाट उपस्थिति जनाउनु भएका परेश घिमिरेले हरेक सहयोगको लागि आफु तयार रहेको जानकारी दिनु भयो।

उठेका प्रश्न र प्रतिक्रियाको जवाफ दिदै NRNA- NT का सचिव आशिष भुसालले, सम्पूर्ण टिमको  सहयोगले मात्र कार्यक्रम सफल हुने हुदा, उपस्थित हरेकले आफ्नो स्थान बाट सक्दो सहयोग गर्नु पर्ने र हरेकले दिइएको जिम्मेवारीलाइ प्रतिबद्ताका साथ पुरा गर्नु हुनेछ भन्नेमा आफु बिस्वस्त रहेको जानकारी दिनु भयो। हरेकको  प्रतिक्रिया र प्रश्न तार्किक र वजन सहितका भएको हुदा सबैलाई आत्मसाथ गर्दै र धन्यबाद दिदै नेपाल फेस्टिभल २०२१ हरेक तवरले उत्कृस्ट बनाउन सबै नेपाली संग जोडदार अपिल गर्नु भयो।

अन्त्यमा यो कार्यक्रम हरेक नेपालीको भावना संग जोडिएको हुदा, सम्पूर्णलाई उपस्थितिको लागि आव्हान गर्दै आफ्नो कार्य क्षेत्र वा हरेक ठाउमा सक्दो प्रचार प्रसार गरि नेपाल लाइ विश्व सामु चिनाउन डार्विनमा रहेका स्थानीय देखि हरेक देशका समुदाय सम्म नेपाल फेस्टिभल २०२१ को जानकारी दिइ सहयोग गर्न सबैलाइ आव्हान गर्नु भयो।

नर्दन टेरोट्री राज्य सरकारको बिशेष सहयोग, मुख्य प्रायोजक AKRON र Sydney city College of Management र सह प्रयोजन KBA GLOBAL ले गरेको नेपाल फेस्टिभल २०२१ मे २९ को दिन डार्विन शहरको वाटर फ्रन्ट परिसरमा आयोजना हुदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP