मंगलबार , बैसाख ९, २०८२

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर २८ सांसद प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदा अनुपस्थित भएर शक्ति प्रदर्शन गरेका छन् । उनीनिकट सांसदहरुले अझै राजीनामा नदिएर ओलीलाई हटाएर बहुमतको सत्ता समिकरणको सुनिश्चिततालाई कमजोर पारिदिएका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपालनिकट सांसदहरुको राजीनामाको शर्त समेत प्रस्तुत भएको छ । माधव नेपालले राजीनामा दिनुअघि उपनिर्वाचनमा आफ्ना २० प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितता गर्ने देखि चुनावी सरकारको नेतृत्व आफूले गर्नुपर्ने शर्त सारेका छन् ।

देउवा एक वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि अर्को वर्षको मंसिरमा हुने चुनाव माधव नेपाल नेतृत्वको सरकारले गर्ने गरी सहमति बनेमा मात्र राजीनामा दिने नेपालको शर्त देखिएको हो । ओलीको बर्हिगमनका लागि नेपाल समूहका २० जना प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको राजीनामा अनिवार्य भएको छ ।

जनता समाजवादी पार्टी सत्ता समिकरणमा विभाजित अवस्थामा छ । उपेन्द्र यादव समिकरणको पक्षमा छन् । महन्थ ठाकुर विपक्षमा उभिएका छन् । यसले सत्ता राजनीतिलाई रोचक मोडमा पुर्याउँदा नेपालले पनि शर्त सारेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP