शनिबार , भाद्र १३, २०८३

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पाटी जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले एकतावद्ध भएर राष्ट्रिय भुमिका निभाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना धारणा राख्दै डा. भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका हुन् । भट्टराईले लोकतन्त्रको रक्षा गर्न र कोरोना लगायतका समस्या समाधान गर्न सबै संकीर्ण दलीय गुटीय सोचभन्दा माथि उठ्नुपर्ने धारणा राखेका छन् ।

जसपाकै एक अध्यक्ष महन्थ ठाकुरले मध्यरातमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै साथ दिने आशयले वक्तव्य जारी गरेपछि संघीय परिषद् अध्यक्ष भट्टराईको प्रतिक्रिया आएको छ । भट्टराईले बल दलहरुको कोर्टमा आएको उल्लेख गरेका छन् ।

भट्टराई र जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीलाई सत्ताबाट विस्थापन गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

भट्टराईले भनेका छन्, ‘अब बल दलहरूको कोर्टमा आएको छ।प्रश्न एक थान सरकारको मात्र हैनसमुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो।त्यसनिम्ति सबै संकीर्ण दलीयरगुटीय सोचभन्दामाथि उठ्नैपर्छ।वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP