मंगलबार , बैसाख २९, २०८३

जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन् । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए ।

आन्दोलनको क्रममा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् ।

‘वर्तमान राजनीतिक परिस्थितिमा सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो’, ठाकुरले सोमबार राति विज्ञप्ति मार्फत भनेका छन् । वैकल्पिक सरकार गठनको कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने ठाकुरको बुझाइ छ ।

जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको वर्तमान सरकारलाई विदा गरेर नयाँ सरकार गठनको प्रयासमा खुलेर लागेका छन् । भट्टराई–यादव पक्षका सांसदहरुले प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मत दिएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्तरुपमा पत्र लेखेर संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीले पनि बहुमतको सरकार गठनका लागि वैशाख ३० गतेसम्मको समयसीमा दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP