सोमबार , चैत्र २४, २०८१

अघिल्लो हप्ता दुई स्थानीयलाई कोरोना संक्रमण भेटिएपछि अष्ट्रेलियाको सिड्नीमा लगाइएको केही प्रतिबन्ध एक हप्ता बढाइएको छ । शुक्रबारदेखि लागू हुने गरी मे १७ सम्मका लागि प्रतिबन्ध बढाइएको हो ।

सिड्नीको पूर्वी बस्तीका दुई जनामा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि ग्रेटर सिड्नी, सेन्ट्रल कोस्ट, वोलोङगन र ब्ल्युमाउन्टेनमा प्रतिबन्ध जारी गरिएको हो ।

एक पुरुष र एक महिलामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता नलागेको र उनीहरुले यात्रा र भेटघाट गरेका स्थानहरुमा संक्रमण हुन सक्ने आशंकामा थप एक हप्ता प्रतिबन्धका नियम लगाइएको स्थानीय मिडियाहरुले जनाएका छन् ।

सरकारले जारी गरेको सूचनामा गत शुक्रबार साँझ ५ बजेदेखि आइतबार मध्यरातसम्म लागू गरिएका सबै प्रतिबन्ध सोमबार बिहान १२ बजेदेखि अर्को हप्ता सोमबारसम्म बढाएको जनाइएको छ ।

प्रतिबन्धहरुमा सुपरमार्केट, सार्वजनिक यातायात र स्थलहरुमा मास्क लगाउनु अनिवार्य गरिएको छ । घरमा २० जनाभन्दा बढी जमघट गर्न रोक लगाइएको छ । साथै सांगीतिक कार्यक्रम गर्न पनि रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP