मंगलबार , बैसाख ९, २०८२

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) को पार्टी एकता जोगाउनको लागि नेताहरुले अन्तिम प्रयास गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एकपटक निर्णायक वार्ता गराउनको लागि नेताहरुले पहल गरेका छन् । अहिले नेता नेपालसँग ओली पक्षधर नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले भेट्दैछन् । दुवै नेता प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको दूत बनेर सिंहदरबार पुगेका हुन् ।

विश्वस्त सूत्रका अनुसार नेता नेपालले पनि पार्टी एकता जोगाउनको लागि अन्तिम प्रयत्न गर्ने भन्दै भेटको लागि आफू तयार भएको सन्देश दिएका थिए । सुरुमा पौडेल र नेम्वाङले नेता नेपालसँग वार्ता गर्ने र उक्त वार्तामा सहमतिको खाका तयार भए अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने बताएका छन् । नेपा पक्षधर सांसदहरु राजीनामाको लागि तयारी अवस्थामा रहेको उनीहरु संसद सचिवालयमा पुगेको पनि बताईएको छ । File Photo/ReportersNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP