शनिबार , भाद्र १३, २०८३

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) को पार्टी एकता जोगाउनको लागि नेताहरुले अन्तिम प्रयास गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एकपटक निर्णायक वार्ता गराउनको लागि नेताहरुले पहल गरेका छन् । अहिले नेता नेपालसँग ओली पक्षधर नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले भेट्दैछन् । दुवै नेता प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको दूत बनेर सिंहदरबार पुगेका हुन् ।

विश्वस्त सूत्रका अनुसार नेता नेपालले पनि पार्टी एकता जोगाउनको लागि अन्तिम प्रयत्न गर्ने भन्दै भेटको लागि आफू तयार भएको सन्देश दिएका थिए । सुरुमा पौडेल र नेम्वाङले नेता नेपालसँग वार्ता गर्ने र उक्त वार्तामा सहमतिको खाका तयार भए अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने बताएका छन् । नेपा पक्षधर सांसदहरु राजीनामाको लागि तयारी अवस्थामा रहेको उनीहरु संसद सचिवालयमा पुगेको पनि बताईएको छ । File Photo/ReportersNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP