मंगलबार , बैसाख २९, २०८३

भारत चण्डीगढकी सन्दीप कौर अप्रिलको सुरुवातमै आमा बनिन् । बाबु गुरदीप सिंह र आमा सन्दीप निकै खुसी थिए । उनीहरुले छोराको नाम ‘सुखदीप’ राखे । तर, जन्मिएको केवल २० दिनमै छोरा कोरोनाबाट संक्रमित भए । यी शिशुलाई निकै ज्वरो आएपछि अस्पताल भर्ना गर्नुप¥यो ।

नवजात शिशुलाई सन्दीपले न दूध पिलाउन सकिन्, न त छातीमै टाँसेर राख्न सकिन् । छोराको जिन्दगीका लागि प्रार्थना गर्नुबाहेक अरु उपाय थिएन ।
१० दिनपछि शुक्रबार यी नवजात शिशु पञ्जाव इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिआईएमएम) जालन्धरबाट डिस्चार्ज भएका छन् । यतिबेला बाबु गुरदीप भन्दै थिए, ‘भगवानले हाम्रो प्रार्थना सुन्नुभयो ।’
पञ्जाव कपूरथलाका गुरदीपका अनुसार छोरामात्रै संक्रमित थिए, तर उनकी पत्नी संक्रमित थिइनन् । त्यसैले आमा र छोरा केही समयका लागि छुट्टिनुप¥यो ।

अहिले आरटी र पिसिआरसहित सबै स्वास्थ जाँच गरिएपछि सुखदीपलाई डिस्चार्ज गरिएको छ र आमा सन्दीपले फेरि काखमा लिएकी छिन् ।
‘ईश्वरको कृपाले मेरो नाति स्वस्थ भएर घर फर्किएको छ । डाक्टरहरुले उसको निकै राम्रो हेरचाह गरेका छन्, त्यसका लागि धन्यवाद,’ सुखदीपकी हजुरआमा कुलविन्दर कौरले भनिन् ।

सुखदीपको हेरचाहमा खटिएकी नर्सिङ स्टाफ पनि यी शिशुले कोरोना जितेको देखेर निकै खुसी थिए । हेरचाहमा खटिएकी नर्स रुबीले भनिन्, ‘हामीले यी बच्चाको राम्रोसँग हेरचाह ग¥यौं । एक शिशुलाई यति ठूलो पीडाबाट गुज्रिएको देख्नु निकै मुस्किल थियो । आमा साथमा नभएकाले सुखदीपलाई चम्चाले दुध खुवाउने गरिएको थियो ।’

उपचारमा संलग्न बाल चिकित्सक डाक्टर जतिन्द्र सिंहका अनुसार शिशुलाई अस्पताल भर्ना गरिएका बेला निकै ज्वरो आएको थियो । ‘शिशुको उपचार हाम्रा लागि चुनौतीपूर्ण थियो । योभन्दा धेरै कठिन उनका माता–पितासँग परामर्श गर्नु थियो, तर उनीहरुले अवस्थालाई गम्भीरताका साथ सम्झिए र बच्चाको उपचारमा पूर्ण सहयोग गरे,’सिंहले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP