सोमबार , अषोज २६, २०८३

पछिल्ला दिनमा बेलायतको स्थानीय राजनीतिमा नेपालीको सकृयता बढ्दै गएको छ।

नेपालीहरुको उल्लेख्य बस्ती रहेका क्षेत्रमा यहाँका राजनीतिक पार्टीको तर्फबाट स्थानीय निर्वाचनमा उम्मेदवार बन्दै निर्वाचित समेत बनेका छन्।

यसैक्रममा गतसाता लन्डनको हन्स्लो बरोबाट लेबर पार्टीबाट निर्वाचित काउन्सिलर नेपाली मुलका विष्णुबहादुर गुरुङ मेयर निर्वाचित भएका भएका छन्। स्थानीय नेपाली समुदाय सकृय गुरूङ पूर्व गोर्खा आर्मी हुन्।

त्यसैगरी गत शुक्रबार नेपालीको बाक्लो बस्ती रहेको बेलायतको रशमोर बरोका दुई छुट्टाछुटै वडाबाट दुई नेपाली काउन्सिलर पदमा विजयी भए। बेलायत अल्डरसटको वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट जीव बेल्वासे र फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार नेम थापा बिजयी भएका हुन्।

बेलायतमा सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत उम्मेदार बनेका जीव बेल्वासेले प्रतिद्वन्दीको ४ सय २ मत विरूद्द ५ सय ८७ मत प्राप्त गर्दै विजयी बनेका हुन्।

त्यसैगरी अर्का उम्मेदवार नेम थापाले आफ्ना निकटतम प्रतिद्वन्दीको ८ सय ६ मत विरूद्द ८ सय ९८ मत प्राप्त गरेर बिजयी बने।

नेपालमा अर्घाखाँची जन्मस्थल भएका जीव बेल्वासे रशमोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष तथा एनआरएनए यूकेका पूर्व प्रवक्ता हुन्। बेल्वासे बेलायतको नेपाली समुदायमा एक सक्रिय समाजसेवीको रुपमा परिचित छन्।

त्यसैगरी अर्का काउन्सिलर नेम थापा ग्रेटर रशमोर नेपाली कम्युनिटीका वर्तमान उपाध्यक्ष तथा नेपाल मगर संघ यूकेका पूर्व अध्यक्ष हुन्।

बेलायतमा सम्पन्न विगतका निर्वाचनमा समेत नेपालीहरु स्थानीय काउन्सिलर तथा मेयरमा निर्वाचित बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP