शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) को एकता प्रयास असफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि एमालेमा एकताको प्रयास थालिएको थियो । तर, अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्ष आफ्नो अडानबाट टसमस नभएपछि एकता टरेको हो ।

माधव पक्षले एकताको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने बटमलाईन बनाएको थियो । तर, अध्यक्ष ओलीले अब कुनैपनि हालतमा पछि फर्कन नसकिने अडान लिएपछि माधव नेपाल पक्षका २० जना सांसदले राजीनामा दिने भएका हुन् । विश्वस्त सूत्रका अनुसार माधव नेपालस, भीम रावल, घनश्याम भुषालसहित २० जना सांसदले राजीनामा दिनेगरि पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

उनीहरु आज अवरेसम्म पनि एकताको लागि प्रयासरत थिए । तर, अब कुनैपनि हालतमा एकताको मिलनविन्दु पहिल्याउन नसकिने भएपछि प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्नको लागि पनि सामूहिक राजीनामा दिने निश्कर्षमा आफूहरु पुगेको माधव नेपाल पक्षधर एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । एमालेको १२१ सांसद संख्या हो ।

माधव नेपाल पक्षधर २० जना सांसदले राजीनामा दिँदा एमालेसँग अब १०१ मात्रै संख्या रहने भयो । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विश्वासको प्रस्ताव फेल गर्ने निर्णय गरिसकेका छन् । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाउने सम्भावना अब सकिएको एमाले ओली पक्षधर नेताहरुको दाबी छ । आजमात्रै, नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको थियो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउनुपर्ने पक्षमा उभिएका थिए । उनले अहिले उपयुक्त बेला आएको भन्दै त्यसको लागि आफूले प्रयत्न गरेको ब्रिफिङ गरेका थिए । यो बीचमा सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका नेता माधव कुमार नेपाललाई पटक पटक भेटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP