मंगलबार , अषोज २७, २०८३

काठमाडौं, २४ बैशाख। नेकपा (एमाले) ले राष्ट्रियसभा उपनिर्वाचनको लागि रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेद्धवार बनाएको छ । थापा उम्मेदवारी दर्ताका हेटौंडा पुगेका छन् । उनी हेकिप्टरमा हेटौंडा पुगेको हाम्रा सहकर्मीले जनाए । उता, कांग्रेस, एमाले माधव नेपाल समूह, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले भने डा. खिमलाल देवकोटालाई उम्मेद्धवार बनाएको छ ।

एमालेको आज विहान बसेको स्थायी कमिटी बैठकपछि मात्रै बादल उम्मेद्धवारी दिन राजी भएका थिए । हिजोको बैठकमा भने बादलले आफू हार्ने चुनावमा भाग नलिने अडानमा थिए । तर, एमालेले मतभार विश्लेषण गरेर नै जित सुनिश्चित् भएको निश्कर्ष निकालेर बादललाई उम्मेद्धवारी दिन आग्रह गरेको हो । सोहीअनुसार उनी सिम्रिक एयरको हेलिकप्टर लिएर हेटौंडा गएका हुन् । उनीसँगै नेता अग्नि खरेल र बाबुराम दाहाल पनि गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP