शुक्रबार , मंग्सिर १२, २०८३

नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएका छन्। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार भारत भ्रमणमा जाने कार्यक्रम छ। भ्रमणका क्रममा मंसिर ७ गते सोमबार अयोध्याबाट जनकपुरका लागि पहिलो रेल सेवा सञ्चालन हुने जनाइएको छ।

रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु हुन लागेको यस रेल सेवाले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हप्तामा एकपटक रेल सञ्चालन

प्रारम्भिक चरणमा यो रेल सेवा हप्तामा एकपटक सञ्चालन हुनेछ। जनकपुरबाट प्रत्येक शनिबार अयोध्याका लागि रेल छुट्नेछ भने अयोध्याबाट सोमबार जनकपुरका लागि रेल सञ्चालन हुनेछ।

जनकपुरदेखि गोरखपुर हुँदै करिब ६०४ किलोमिटर दूरी पार गरेर रेल अयोध्याधाम पुग्नेछ। यस क्रममा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुरलगायतका स्टेसन पर्नेछन्।

भारतको रेलवे मन्त्रालयले जनकपुरलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा लिँदै यी दुई पवित्र धार्मिक स्थलबीचको सम्पर्क विस्तारलाई विशेष महत्व दिएको जनाएको छ।

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणका क्रममा भारतीय पक्षले १७ कोचको रेल सञ्चालनको परीक्षण गरेको थियो। उक्त परीक्षण जयनगरदेखि कुर्थासम्म गरिएको थियो।

नेपाल पक्षले आफ्नै व्यवस्थापनमा रेल सञ्चालनको तयारी पूरा नगरेसम्म भारतीय रेलले नै सेवा सञ्चालन गर्ने दुई देशबीच सहमति भएको छ। प्रारम्भिक चरणमा रेल सञ्चालन भारतीय पक्षले गर्ने भएकाले टिकट दरसमेत भारतीय पक्षले नै निर्धारण गर्ने जनाइएको छ।

यो रेल सेवा सञ्चालनमा आएपछि नेपाल र भारतबीचको धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध तथा दुई देशका नागरिकबीचको आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP