शुक्रबार , मंग्सिर १२, २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र एमाले नेता रायमाझीलगायतका आरोपित तथा दोषीहरू छुट्दै जाँदा पनि सरकारले प्रकरणको थप अनुसन्धान अघि बढाउन नसकेको भन्दै शाहीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले भ्रष्टाचारविरुद्ध कारबाही गर्ने प्रतिबद्धता जनाएर सत्तामा पुगेको सरकारले समेत भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान गर्न नसकेको टिप्पणी गरेका छन् ।

उनका अनुसार नयाँ सरकार गठन भएको सात महिना र त्यसअघिको सरकारको समयसमेत जोड्दा १३ महिना बितिसक्दा पनि थप अनुसन्धान गरी नयाँ मुद्दा अदालतसम्म पुर्‍याउन सकिएको छैन ।

‘नयाँ सरकार बनेको सात महिना र त्यसअघिको सरकारसहित जोड्दा तेह्र महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्‍याउन सकेको छैन,’ शाहीले लेखेका छन् ।

विगतको सरकारले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याएका व्यक्तिहरूसमेत रिहा भइसकेको उल्लेख गर्दै उनले बाँकी आरोपितमाथिको अनुसन्धान र कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्दै सरकारसँग जवाफ मागेका छन् ।

‘नयाँ फाइल किन तयार भएन ? दोषीमाथि थप कारबाही किन भएन ?’ भन्दै उनले सरकारलाई प्रश्न गरेका छन् ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाअनुसार बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

रायमाझीको रिहाइपछि पुनः चर्चामा आएको यस प्रकरणमा थप अनुसन्धान र बाँकी आरोपितमाथिको कारबाहीलाई लिएर सरकारमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP