शुक्रबार , मंग्सिर १२, २०८३

डार्विन। अस्ट्रेलियाको नर्दन टेरिटोरी (एनटी) संसद् भवनमा २०औँ संसदीय दीपावली समारोह सम्पन्न भएको छ। हिन्दू सोसाइटी अफ नर्दन टेरिटोरीको आयोजनामा १० नोभेम्बर २०२६ मा आयोजित समारोहमा बहुसांस्कृतिक मामिलामन्त्री जिन्सन चार्ल्स (Jinson Charls) सहित विभिन्न सांसद तथा हिन्दू समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नर्दन टेरिटोरीका सांसदहरू बिल यान (Bill Yan MLA), ओली कार्लसन (Oly Carlson MLA), म्याथ्यु केर्ल (Matthew Kerle MLA), लरी जियो (Laurie Zio MLA) र तन्जिल रहमान (Tanzil Rahman MLA) पनि सहभागी भएका थिए।

समारोहमा मन्त्री चार्ल्सले हिन्दू सोसाइटीका अध्यक्ष कृष्ण प्रदीप तथा समुदायका सदस्यहरूसँग दीपावली मनाउँदै पर्वको शुभकामना आदानप्रदान गरेका थिए।

मन्त्री चार्ल्सले दीपावलीले आशा, सद्भाव, सकारात्मकता र एकताको सन्देश दिने उल्लेख गर्दै नर्दन टेरिटोरीको बहुसांस्कृतिक समाजमा विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक पर्वहरूको महत्त्व रहेको बताएका छन्।

उनले हिन्दू सोसाइटी अफ नर्दन टेरिटोरीले समुदायका लागि गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी वर्ष संस्थाको ४०औँ वार्षिकोत्सव तथा हार्मोनी हल स्थापनाको १०औँ वार्षिकोत्सव मनाउन लागेकोमा बधाई दिएका छन्।

कार्यक्रममा सहभागी सांसदहरूले हिन्दू समुदायलाई दीपावलीको शुभकामना व्यक्त गरेका थिए। समारोहमा हिन्दू सोसाइटीको कार्यसमिति, स्वयंसेवक तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

संसद् भवनमा आयोजना हुँदै आएको यस वार्षिक समारोहले नर्दन टेरिटोरीमा हिन्दू समुदायको सांस्कृतिक पहिचान, धार्मिक परम्परा र सामाजिक योगदानलाई सम्मान गर्दै आएको छ। साथै, विभिन्न समुदायबीच आपसी समझदारी, सम्मान र सद्भाव अभिवृद्धि गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

Pic Source : Jinson Charls MLA SOCIAL MEDIA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP