अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजी नेतृत्वको लेबर पार्टी सरकारप्रति मतदाताको समर्थन निरन्तर घट्दै गएको पछिल्ला मत सर्वेक्षणहरूले देखाएका छन्। विशेषगरी, कडा आप्रवासन नीतिको वकालत गर्दै आएको वान नेशन पार्टीप्रति मतदाताको आकर्षण बढ्नु र बढ्दो महँगीले सरकारप्रतिको असन्तुष्टि चुलिँदै जानु यसको प्रमुख कारणका रूपमा हेरिएको छ।
यसले आगामी राजनीतिक समीकरणमा वान नेशन पार्टीको प्रभाव बढ्न सक्ने संकेतसमेत गरेको छ।











