शुक्रबार , मंग्सिर १२, २०८३

काठमाडौं । न्यायालयभित्र बिचौलियाको प्रभाव र न्यायाधीशहरूमाथि उठेका विवादका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय तहबाटै पहल गर्ने तयारी गरेको छ। न्यायालयमा देखिएका विकृति र अनियमिततामाथि छानबिन गरी विवादित न्यायाधीशमाथि कारबाहीको प्रक्रिया अघि बढाउन पार्टीले निर्णय गरेको हो।

पार्टी सचिवालयको बैठकले न्यायालयको संरचनागत सुधार तथा विवादमा परेका न्यायाधीशहरूमाथि आवश्यक छानबिन र कारबाहीका लागि संसदीय दललाई निर्देशन दिएको जनाएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार विवादित न्यायाधीशमाथि महाभियोग प्रस्ताव दर्ता गर्नेदेखि उच्चस्तरीय छानबिन समिति गठन गर्नेसम्मका विकल्पमा पार्टीले छलफल गरेको छ।

न्यायालयमा बिचौलियाको प्रभाव, सम्भावित मिलेमतो र न्याय सम्पादनमा देखिएका अनियमितताका विषयलाई गम्भीर रूपमा लिएको रास्वपाले यस विषयमा संसद्मार्फत आवश्यक कदम चाल्ने संकेत गरेको छ।

पार्टीको यो निर्णय कार्यान्वयनमा गएमा विवादित न्यायाधीशमाथि संसदीय छानबिन र महाभियोगको प्रक्रिया अघि बढ्न सक्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP