शुक्रबार , मंग्सिर १२, २०८३

क्यानबेरा । नेपालबाट अस्ट्रेलिया आएका प्रहरी अधिकृत विकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय प्रहरी बहादुरी पुरस्कार (National Police Bravery Award) प्राप्त गरेका छन्।

सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया आएका सिनियर कन्स्टेबल भारतीलाई प्रधानमन्त्री एन्थोनी अल्बानिजले अक्टोबर २८, २०२६ मा क्यानबेरामा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरेका हुन्।

सन् २०२५ अक्टोबरमा न्यु साउथ वेल्सको क्रोइडन पार्कमा भएको गोलीकाण्डका क्रममा उनले आफ्नो ज्यानको जोखिम मोलेर एक कनिष्ठ प्रहरी अधिकारीको ज्यान जोगाउन तथा घाइते सर्वसाधारणलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। गोली चलिरहेको अवस्थामा समेत उनले देखाएको साहस र कर्तव्यनिष्ठाको कदर गर्दै उनलाई राष्ट्रिय स्तरको सम्मान प्रदान गरिएको हो।

आफ्नो अस्ट्रेलिया आगमन र यात्राबारे प्रतिक्रिया दिँदै भारतीले भने, “एक आप्रवासीका रूपमा म आफ्नो परिवारका लागि अवसर, सुरक्षा र राम्रो भविष्यको खोजी गर्दै यहाँ आएको थिएँ।”

प्रहरी सेवामा समर्पण, साहस र समुदायको सुरक्षाका लागि देखाएको प्रतिबद्धताका कारण भारतीले प्राप्त गरेको यो सम्मान नेपाली समुदायका लागि पनि गौरवको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP